• १६ वैशाख २०८१, आइतबार

अध्यक्ष कपको उपाधि रामपुरलाई

blog

विजयी समूहलाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

रेखीराम राना

तानसेन, चैत ८ गते । रैनादेवी छहरामा सञ्चालित अध्यक्ष कपको उपाधि रामपुरले जितेको छ । रामपुर र रम्भाको बिचमा भएको प्रतिस्पर्धामा रामपुरले रम्भालाई ३–२ को सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो । 

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा कटौजेपानीस्थित खेलमैदानमा भएको फाइनल खेलमा रामपुरले रम्भालाई पराजित गरेको हो । विजेता रामपुर नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई पालिकाका अध्यक्ष रुक्माांगत भट्टराईले नगद ७५ हजार रुपियाँ, मेडल र प्रमाणपत्रले सम्मान गर्नुभयो । 

उहाँले अन्तरपालिकाका खेलाडीहरूबिचमा आपसी सहकार्य र प्रतिस्पर्धाको भावना जागृत गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । पालिकाले राखेको भलिबल प्रतियोगिताले खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुगेको अध्यक्ष भट्टराईले बताउनुभयो । 

प्रतियोगितामा रम्भा दोस्रो र पूर्वखोला तेस्रो बनेको छ । दोस्रो र तेस्रो हुनेले क्रमशः ४५ हजार, ३० हजार रुपियाँ, मेडल र प्रमाणपत्र पाएका छन् ।