• १६ वैशाख २०८१, आइतबार

स्ववियू कप भलिबल सुरु

blog

प्रतियोगिताको पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली

घोराही, चैत ८ गते । दाङको घोराहीमा जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा स्ववियु कप भलिबल प्रतियोगिता सुरु भएको हो । 

महेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले विद्यार्थीलाई पढाइसँगै कलेजहरूले खेलकुदका गतिविधिहरूलाई अघि बढाउनुभएको थियो । 

शिक्षासँगै खेलकुदका माध्यमबाट अघि बढ्न सके नामसँगै पैसा पनि कमाउन सकिने भएकाले कलेजहरूले पढाइसँगै खेलकुदका गतिविधिलाई बढाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘खेलकुदमा राम्रो गरेर खेलाडीहरूले मान सम्मानसँगै पैसा कमाइरहेका छन् । उनीहरू जस्तै बन्न सक्ने खेलाडी यहाँ पनि हुन सक्छन् । त्यसका लागि कलेजले पढाइसँगै खेलकुदको वातावरण बनाउन ध्यानदिनुपर्छ ।’’

प्रतियोगितामा जिल्लाका १५कलेजका भलिबल टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १५ टिमलाई दुई समूहमा विभाजन गरिएको स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराहीका सभापति मनोज डिसीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार नकआउटका आधारमा खेलाइएको प्रतियोगिता चैत १० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेता टिमले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।