कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन
शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।”
म्याद सकिएको दुई वर्ष बित्दा पनि बनेन केराबारी गाउँपालिकाको भवन
उत्तरी मोरङको केराबारी गाउँपालिका अझैसम्म साबिक केराबारी गाविसको साँघुरो भवनबाट सञ्चालन भइरहेको छ ।
पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई
पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौँ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार लागेको बताउनुभएको छ ।
कुस्मा बसपार्क निर्माण
पर्वतको सदरमुकाम कुस्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ ।
बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ । प्रदेशको स्वास्थ्य मन्त्राल
बैतडीमा दुई अर्ब बेरुजु, दुई तिहाइ बजेट सुविधामा खर्च
नेपाली उखानले भन्छ–घाँटी हेरेर हाड निल्नु तर, स्थानीय तहका जनप्रतिनिधिले यो उक्ति ख्याल नगर्दा गाउँ तथा नगरपालिको आम्दानी भन्दा तेब्बर बढी रकम सेवा सुविधामा खर्च गर्दा दुई अर्ब भन्दा बढी बेरुजु देखिएको छ । बैतडीका १० स्थानीय तहको हालसम्मको अद्यावधिक बेरुजु दुई अर्ब १६ करोड ८ लाख ४६ हजार नाघेको महालेखाले सार्वजनिक गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
धावनमार्ग विस्तारको माग राखी ज्ञापनपत्र
सुर्खेत उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेत विमानस्थल धावनमार्ग विस्तारको काम छिटो बढाइदिनुहुन ज्ञापनपत्र बुझाएको छ ।
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
तेलपानी–भुरीगाउँ सडक प्राथमिकतामा
सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।
पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा
राप्ती नदीमा पुल नहुँदा बाँकेको होलिया र गङ्गापुरका बासिन्दाले लामो समयदेखि डुङ्गामा जोखिमपूर्ण रूपले नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।
पर्यटकीय स्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
त्रिशूली नदीमा ट्रक खस्यो
भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण
मुग्लिन (चितवन), भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गर्नुभएको हो ।पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरुङले बताउनुभयो । पुस्तकका लेखक तुलमान गुरुङले गुरुङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताउनुभयो ।यसैबिच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरुङले बताउनुभयो । ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गत वर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो । रासस
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो ।
पूर्वाधार विकास बहस
राजनीतिक परिवर्तनपछि देशको आर्थिक विकासले चाहे अनुसार गति लिन नसक्दा निराशा देखिनु स्वाभाविक हो ।
निर्वाचन व्यवस्थापन सुधार
निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विस्तार गर्नु निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार हुने उल्लेख छ ।
बाल अधिकार स्थापनाका चुनौती
बाल अधिकार सुनिश्चित हुन नसक्नुको प्रमुख कारण असमानता छ ।
पहिचान रक्षाको मूल जिम्मेवारी
युवा नेपालीको ठुलो जनसङ्ख्या नब्बेको दशकपछि प्रवासमा छ ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
सेयर बजारप्रतिको आकर्षण
अहिले सेयरप्रति धेरैको चासो बढिरहेको छ । यसको कारण अर्थतन्त्रमा सुधार हुँदै जानु हो ।