झगडियालाई चौतारी, थुनुवालाई पुस्तक
स्थानीयस्तरमा हुने विवाद तथा झै झगडा साम्य पार्न जिल्ला प्रहरी कार्यालयले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको छ । स्थानीय तहको न्यायिक समितिमा मेलमिलाप गराइने प्रकृतिका मुद्दा लिएर सर्वसाधारण प्रहरी कार्यालयमै उजुरी दिन आउन थालेपछि प्रहरीले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको हो ।
बाढीपहिरोपीडित चिन्तामा
आवास कार्यक्रमको दोस्रो किस्ता रकम नपाएपछि बाढीपहिरोपीडित चिन्तामा परेका छन् । घर निर्माण गरेको दुई वर्ष पुग्दा पनि आवास कार्यक्रम अन्तर्गतको दोस्रो किस्ता रकम नपाएको गुनासो पीडितको छ । बुढीगङ्गा नगरपालिका–१, अम्कोटकी बाढीपहिरोपीडित कल्चु नेपालीले दुई वर्ष हुँदा पनि आवास कार्यक्रमको दोस्रो किस्ता रकम नमिलेको बताउनुभयो ।
अध्ययन पूरा भएका आयोजना मात्र समावेश गर्न आग्रह
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको प्रव्रिmया अगाडि बढाएको छ । बजेट तर्जुमा गर्ने व्रmममा आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सिलिङ विषयगत मन्त्रालयमा पठाएर योजना माग गरेको छ ।
चीनद्वारा खाद्यान्न सहयोग
छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको बताउनुभयो । उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको बताउनुभयो ।
कोशी प्रदेशले २८ अर्बको बजेट ल्याउँदै
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।
मुहान सुकेपछि पानी अभाव
भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो । गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् ।
विद्युत् चोरीका कारण अघोषित लोडसेडिङ
गर्मी बढेपछि छिन छिनमा बत्ती आउने जाने गरेकाले सेवाग्राहीले थप कष्ट भोग्नु परेको छ । आधिकारिक रूपमा अहिले लोडसेडिङ नरहेको तथा दिउँसोमा जसोतसो विद्युत् आए पनि रातभरि बिजुली नआउने हुँदा उपभोक्ताले थप कष्ट भोग्नु परिरहेको कलैया उप–महानगरपालिका–१ का सत्यप्रसाद श्रेष्ठले बताउनुभएको छ ।
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
हरियाली वनमा देखियो डमरुसहितको बाघ
कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा डमरु हुर्काउनका लागि पोथी पाटेबाघ देखा परेको छ । बाघको चोरीसिकारी हुन नदिन र बाघबाट मान्छेलाई जोगाउन सुरक्षा सतर्कता बढाइएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले डमरुसहितको बाघ देखा परेपछि बाघ र मान्छेको सुरक्षाका लागि निगरानी बढाएको जनाएको छ । वसन्ता कोरिडोर अन्तर्गत पर्ने गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि डमरुसहित बाघ घुमिरहेको अवस्थामा भेटिएको हो ।