महिला खुलामा अनिशालाई स्वर्ण
एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा स्वर्ण जित्नुभएको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदै छ ।
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ ।
पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौँ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।
एलआरआई विजयी
एलआरआई स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार विजयी भएको छ ।
कृषि अनुदानका लागि ९ सय बढी आवेदन
बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ ।
चालक दलका सदस्य एकाएक बिरामी, एयर इन्डियाका ७० उडान रद्द
बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् ।
रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्तीः संयुक्त राष्ट्रसङ्घ महासचिव
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण “रणनीतिक गल्ती” हुने चेतावनी दिनुभएको छ ।