विपन्नलाई खाद्यान्न र जेहेन्दारलाई छात्रवृत्ति
विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
घरबास सञ्चालनले जीवनस्तरमा परिवर्तन
पछिल्लो समय होमस्टे अर्थात् (घरवास) सञ्चालनबाट राम्रो आम्दानी हुन थालेपछि नवलपुरका महिला आत्मनिर्भर हुन थालेका छन् । सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ ।
चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै पदयात्रा
चुरे एवम् प्राकृतिक स्रोतको दोहन रोक्न माग राख्दै सप्तरी–काठमाडौँ पदयात्रामा निस्किएका चुरे तथा वनजङ्गल संरक्षण अभियानिहरु बुधबार धनुषाको ढल्केबर आइपुगेका छन् ।
जनअपेक्षा अनुसार कानुन बन्न सकेको छैन : मुख्यन्याधिवक्ता हमाल
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले जनअपेक्षा अनुसारका कानुन निर्माण हुन नसकेको बताउनुभएको छ । स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने पर्याप्त कानुन बन्न नसकेको उहाँको भनाइ छ ।
मुलुकलाई औद्योगिक विकासतर्फ लैजान उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिनु जरुरी रहेको बताउनुभएको छ ।
झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेष गरी पूर्व-पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो ।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, आठ घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो।
संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताउनुभएको छ।
संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।