विवादबीच सकियो एन्फा बैठक
बहुमत कार्यसमिति सदस्यले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक विभिन्न २० वटा निर्णय गर्दै सकिएको छ ।
सन्दीप लामिछाने युएई प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न बुधबार युएई प्रस्थान गर्नुभएको छ।
एन्फा बैठकमा विरोध
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै विरोध गरेका छन्।
पारास्यो प्रतियोगिताको उपाधि थुदामले लियो
ग्याल्पो लोसारको अवसरमा आयोजना गरिएको पारास्यो प्रतियोगिताको उपाधि थुदामले हात पारेको छ । रिदाक सरोकार समाज काठमाडौँले मंगलबार गोकर्णेश्वरको सहिदपार्कमा आयोजना गरेको उक्त प्रतियोगितामा २२ समूहलाई हराउँदै थुदाम टोलीका खेलाडी फुर्पु भोट र निम छिरिङ भोटेले उक्त उपाधि हात पारेको हो ।
बङ्गलादेशलाई पराजित गर्दै एन्फा मोरङ सेमिफाइनलमा प्रवेश
२३ औं बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
आर्मीलाई भद्रपुर झापा गोल्डकप उपाधि
भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
मेस्सी फिफा वर्ष खेलाडी
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जित्नुभएको छ
ताप्लेजुङमा स्थगित राष्ट्रपति शिल्ड हुने
ताप्लेजुङमा यसअघि स्थगित भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो फागुन २३ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ ।
यू-१९ विश्वकप छनोट : नेपाल विश्वकपबाट एक खेल टाढा
नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
स्पोर्ट्स अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ का लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।
विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।
क्रिकेटर लामिछाने विदेशी भूमिमा क्रिकेट खेल्न पाउने
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने हुनुभएको छ । सर्वोच्च अदालतले आज सोमबार उहाँको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उहाँले खेल खेल्न पाउने हुनुभएको हो ।
हङकङमाथि नेपालको सानदार जित
युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ ।
विश्वकप लिग–२ : नेपाललाई पीएनजीको २०४ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।
एमडीएससी स्पोर्ट्सलाई शहीद स्मारक लिगको मार्केटिङ अधिकार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबलको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिलाई प्रदान गरेको छ ।
सातदोवाटो केपी ओली कप फुटबलको फाइनलमा
सातदोवाटो यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथका ६–५ गोलले हरायो ।
मंगल स्पार्टस् फेस्टामा १३ विधामा प्रतिस्पर्धा हुँदै
मंगल बहुमुखी क्याम्पस र मंगल माध्यमिक विद्यालयको चारदिने स्पार्टस् फेस्टा आइतबार सुरु भएको छ ।
एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको सानदार जित
स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।
अष्ट्रेलियालाई छैटौँ पटक महिला टी-२० विश्वकप उपाधि
आठौँ संस्करणमा महिला टी-२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । केपटाउनमा आइतबार राति भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हरायो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाइ आज (सोमबार) हुँदैछ ।
म्यानचेस्टर युनाइटेड च्याम्पियन
काराबाओ (इएफएल) कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्वली स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो ।
बार्सिलोनालाई अल्मेरियको झट्का
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनालाई अल्मेरियाको नमिठो झट्का लागेको छ ।
प्रथम गोर्खा पाँचथर फुटबल हुने
प्रथम गोर्खा पाँचथर रङ्गशाला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुम्याहाङ क्लबले आयोजना गरेको प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।