पोखराको प्याराग्लाइडिङ तोरीपानीबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।
वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट
‘हाम्रो गोल दुर्व्सनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।
रुसी ओलम्पिक समिति निलम्बन
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
अल नेपाल अन्तर वडा टेबल टेनिस हुने
स्पिन इभेन्ट्सको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको वार्षिक कार्यक्रममा रहेको यस प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
अध्यक्षकप फुटबल प्रतियोगिता सुरु
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ ।
खेल क्षेत्रको प्रवर्द्धनका लागि कुनै कसर बाँकी राख्दिनःँ प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रबर्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
गौरीडाँडामा फुटबल प्रतियोगिताको तयारी
बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
लाओससँग खेल्ने नेपाली फुटबल टिम घोषणा
फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ ।
भलिबलमा नेपालको हार
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले मंगलबार आयोजक श्रीलङ्कासँग २६–२४, २५–१८ र २५–१६ ले पराजित भएको छ ।
एसियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई स्वदेशमा स्वागत
चीनको होङजाउ सहरमा आयोजना भएको १९ औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
महाकाली नदी किनारमा भलिबल प्रतियोगिता
कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।
एसिसी यु–१९ प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टोलीलाई बिदा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ ।
क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई कांस्य पदक
नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको छ ।
जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड
तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ ।
पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै
गुल्मीको तम्घासमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । जिल्ला भलिबल सङ्घको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुनेभएको पत्रकार सम्मेलनमार्फत महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।
समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को समापन समारोहमा नेपालको झण्डा कराँते खेलाडी एरिका गुरुङले बोक्नुहुने भएको छ ।
पाँच वटा एसियाड रिपोर्टिङ गर्ने राजवंशीलाई सम्मान
एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।
यो पदक देशका लागि हो : एरिका
हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार एरिकाले महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो ।
नेपाललाई कराँतेमा ऐतिहासिक रजत
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।
एसियाड कराँतेमा नेपालकी एरिकालाई रजत पक्का
नेपालकी कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा जारी १९औँ एसियाडमा रजत पदक पक्का गर्नुभएको छ ।
सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुँदै
प्युठानको ठूलाबेशीमा जिल्लाकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुनेभएको छ । आयोजक ठूलाबेसी सामुदायिक विकास मञ्च गौमुखीका अनुसार दसैँको अवसरमा कात्तिक २ गतेदेखि ४ गतेसम्म खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
१९औँ एसियाड : नेपालका गणेश क्यानोइङमा आठौँ
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ हुनुभएको छ ।