राष्ट्र बैङ्कको निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा. महतले आर्थिक सङ्कटको असर केही देखिए पनि त्यसको सुधारमा ब्याजदरको ठुलो भूमिका हुने भएकाले राष्ट्र बैङ्कको कदम आवश्यक रहेको बताउनुभयो ।
परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि
सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।
जहाज बिग्रिँदा तिस घण्टा अलपत्र
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् । हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो ।
निजामती विधेयक संसद्मा दर्ता गरिँदै
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो। विद्यालय शिक्षासम्बन्धी विधेयक यस अगाडि नै संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा भने संसद्मा अझै दर्ता हुन सकेको छैन। अहिले विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा नै रहेको छ।
महिला सांसदलाई प्राथमिकता नदिएको गुनासो
महिला सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । सञ्चार माध्यमले राजनीति पद र विवादित विषयलाई प्राथमिकतामा राख्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्नेगरेको उहाँहरुले गुनासो गर्नुभएको हो ।
विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन्ः वर्षमान पुन
काठमाडौं, असोज १९ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पु¥याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ ।प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँनुहुदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकाले पनि विधेयक टुगोंमा पुरायाउने जिम्मा सांसद्हरुको रहेको बताउनुभएको हो । उहाँले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने बताउनु भयो । अहिलेको अवस्थामा समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताउनु भयो । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उहाँको भनाई छ ।सांसद पुनले भन्नुभयो, ‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपुराएको छ । सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार पनि गरिसकेको अवस्था छ । सबै माननीयले यसमा पर्याप्त काम गरौँ । संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्छ । समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी छ । त्यो भनेको वैज्ञानिक शिक्षाको कुरा हो । प्राविधिक शिक्षाको कुरा हो । देशभक्त नागरिक तयार गर्ने कुरा हो । त्यस अनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक छ । संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरु पनि उठेको छ । त्यसलाई संशाेधनमार्फत परिमार्जन गर्न सकिन्छ । शिक्षा राज्यको दायित्व हो । त्यसमा विभिन्न पक्षहरुसंग सहकार्य गरेर जानुपर्छ ।’ उहाँले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशनको तयारी
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ ।
जनताले न्याय पाउने गरी काम गछौंः अध्यक्ष नेपाल
अनिल पराजुलीहेटौँडा, असोज १९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताले न्याय पाउनेगरि आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । पूर्वबाट सुरु भएको (मेची–महाकाली) समाजवादी जागरण अभियानको क्रममा बागमती प्रदेशको राजधानी हेटौँडाको सिमाचोकमा शुक्रवार भएको सभालाई सम्बोधन गर्दै उहाँले गरिब, विपन्न र न्यायको पक्षमा पार्टी सधैं अंग्रपत्तिमा रहेको बताउनु भयो । जनताका पीरमर्का, अन्याय अत्याचार, गरिवी, अभाव र बेरोजगारीका समस्याहरुलाई सम्बोधन गरेर जनताको जीवनलाई समृद्ध सुखी बनाउन सकिने तथा सुशासन, भ्रष्टाचार निवारण, ढिलासुस्तीलाई अन्त्य गरेमात्रै जनताले न्याय र समानताको महशुस गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । किसान र कृषि क्षेत्रका समस्यालाई समाधानगर्दै कृषिमा आमूल परिर्वतन गर्नुपर्ने पार्टीको धारणा रहेको उहाँले जिकिर गर्नुभयो । हामीसँग जग्गा, जमिन र पानीको सुविधा, सीप प¥र्याप्त छ, उहाँले भन्नुभयो–“राज्यले पूँजीको व्यवस्था, प्राविधिक सहयोग र वजार व्यवस्थापन गर्न सके नेपाल कृषिमा आत्मनिर्भर हुनुका साथैं निर्यात गर्न सक्ने अवस्थामा देशलाई पु¥याउन सकिन्छ ।” हिमाल र नदिनालाको पानी विदेशमा बिक्री र बिजुली निकालेर आम्दानी गर्न सकिने जिकिर गर्दै उहाँले देश प्राकृतिक रुपमा धनी रहेको र पर्यटनबाट पनि लाभ लिन सकिने तर्क गर्नुभयो । जनतासँगको सम्बन्ध नङ्ग मासु जस्तै बनाउँन, उहाँहरुसँग जोड्नि र पार्टीलाई स्थापित गर्नका लागि अभियान लिएर आएको बताउँदै उहाँले जनहितका पक्षमा उभिएर पार्टी न्यायको पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले सरकारमा रहेको बेला जनताको पक्षमा विविध काम गरेको स्मरण गर्दै जनता आवास कार्यक्रमको योजना, निर्माणाधिन काठमाडौंलाई तराईसँग जोड्ने फाष्टट्¥याकको शिलान्यास, निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवाज उठाउने काम गरेको स्मरण गर्दै विकासको अभियान चलाएको बताउनुभयो । जनताको साथीको रुपमा पार्टी अगाडि बढेको छ, जनताको समस्या समाधान गर्न सकिन्छ, देशलाई राम्रो बाटोमा लान पार्टी सधैं तयार रहेको छ । समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम गरेको बताउनुभयो ।
पर्याप्त भूमि र जनशक्ति भएर गरिब रहनु विडम्बना हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभएको छ ।
कांग्रेस विस्तारित एउटा ठूलो परिवार हो : अर्थमन्त्री डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताउनुभएको छ ।
निःशुल्क मुटुरोग परीक्षणमा सात सयजना लाभान्वित
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाको वडा नं.१ बनियाटारस्थित इन्द्रायणी मा.वि.को प्राङ्गणमा निःशुल्क मुटु परीक्षण शिविर आयोजना गरियो ।
विश्वकप फुटबल २०२६ छनौटमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने
विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओस प्रतिस्पर्धा गर्ने भएको छ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।
शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ ।
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गर्नुभएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।
सांसदको प्रश्न–विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि ?
प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गर्नुभएको छ ।
विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी छ : सांसद राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताउनुभएको छ ।
विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छः सांसद साह
आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ ।
२० बुँदे मागसहित स्थानीय तहका कर्मचारी छैटौं दिन पनि आन्दोलित
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन् ।
सामाजिक एकता र सद्भाव कायम राख्न पूर्व राष्ट्रपतिको आग्रह
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो ।
चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।
सामूहिक प्रयासले मात्र अर्थतन्त्र सुध्रिन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुहिक प्रयास र सकारात्मक माहोल भएमात्रै अर्थतन्त्र सुधारिने बताउनुभएको छ । काँग्रेसको एक कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका मन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।
विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ ।