निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउन सम्झौता भएको छ ।
बचत भएको विद्युत मात्र निर्यात गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।
विशेष सुरक्षा योजनाका साथ शान्ति सुरक्षा कायम गर्नुपर्ने : निमित्त प्रहरी महानिरीक्षक
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनुभएको छ ।
चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता
चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ ।
इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत
सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
एसिसी यु–१९ प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टोलीलाई बिदा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ ।
ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने
नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ ।
इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।
बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभएको छ ।
बजार मूल्यको नियमित अनुगमन गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले गैरकानुनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ ।
दसैँ नजिकिएसँगै बजारमा बढ्यो चहलपहल (फोटो फिचर)
चाडपर्व नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ । काठमाडौँको न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसहरूको भिड बढेको छ ।
मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण
पूर्व-पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ ।
विद्यालय शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रक्रियामा रहेका विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा जारी रहेको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने छ ।
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित
पुरातत्त्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ ।
इजरायलमा भएको घटनाप्रति राप्रपाद्वारा दुः ख व्यक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।
उद्योगधन्दा धराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्तः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योगधन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ ।
सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ
चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ ।
इजरायलबाट नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गर्न सरकारसँग माग
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गरी ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
नागरिकलाई तत्काल स्वदेश फिर्ता ल्याउन माग
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले इजरायलमा हालै भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको उद्धार र घाइतेको उपचारको व्यवस्था गर्न माग गरेको छ ।
हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनः संरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्ने बताउनुभएको छ ।