बागमतीमा बजेट निर्माण तीव्र
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा योजना निर्माणको करिब अन्तिम चरणमा पुगेको छ । आगामी असार १ मा बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले मन्त्रालयको गेटमा ताल्चा लगाएर आन्तरिक भेटघाटसमेत बन्द गरेको छ ।
नेपाल र साउदी अरबबिच श्रमिक लैजाने सम्झौता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
अर्थतन्त्रका अधिकांश सूचक अब्बल
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार आर्थिक अवस्था देखाउने राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्थासहित मौद्रिक अवस्था देखाउने कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार पाइएको हो ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।
‘भारत र चीनसँग विकास रणनीति’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत र चीनसँग समन्वय गरेर नेपालले विकास र व्यापारको नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।
महानगरमा सवारी प्रदूषण मापदण्डविपरीत
काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
बढ्यो डेङ्गु सङ्क्रमण
बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
खुल्दै छ आमाको नामबाट नागरिकता लिने बाटो
आमाको नामबाट पनि नागरिकता लिन पाउने व्यवस्थासहित प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
अध्यागमनबाट अवैध रूपमा बाहिरिए ७५ हजार भारतीय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसाको आवरणमा भएको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा यही अध्यागमन प्रयोग गरी ठुलो सङ्ख्यामा भारतीय नागरिकसमेत तेस्रो मुलुक पुगेको पाइएको छ ।
सामूहिक हत्याको कारक जटिल मनोरोग
यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् ।
डलर साट्ने भन्दै ठगी गर्ने तामाङ पक्राउ
डलर साट्ने भन्दै कागजको बिट्टा नोट बनाएर दिएर ठगी गर्ने धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
गणेशमान सिंह रोड रेस असार १४ गते हुने
पाँचौं वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।
काठमाडौँ महानगरपालिका कार्यालयले पिउने पानीमा कोलिफर्म भेटियो, आपूर्ति सम्झौता रद्द
काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।
वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैँकबिच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दक्ष जनशक्ति उत्पादनमा जोड
खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताउनुभएको छ ।
सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छ : नेता बाँस्कोटा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली राजनीतिमा हक्की र खरो स्वभाव तथा स्पष्ट वक्ताको बेग्लै परिचय बनाउनुभएको छ ।
१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स
चालु आर्थिक २०८१-८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
फोहाेरको स्रोतमा वर्गीकरण नहुँदा समस्या
काठमाडौँ महानगरपालिकाले फोहाेरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ ।
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।