अफ्रिकन स्वाइन फिबरबाट पनौतीमा छ सय बङ्गुर मरे
पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
एक पटक प्रधानमन्त्री बन्ने नेता प्रकाशमानको चाहना
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेको बताउनुभएको हो ।
कीर्तिपुरमा रात्रिकालीन सांस्कृतिक पदयात्रा साउन २७ गते सञ्चालन हुने
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
मेलम्चीमा उर्लियो बाढी
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
पशुपतिमा सरसफाइमा ध्यान दिन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
तीनपाङ्ग्रे सवारीलाई हरियो स्टिकर
हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन हुँदै आएका तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन सुरु गरिएको छ। मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण र दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाको अगुवाइमा तीनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरिएको हो।
हात्तीको आक्रमणले महिलाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमणवाट एक जना महिलाको मृत्यु भएको छ । निकुञ्जसँगै रहेको दक्षिणकाली मध्यवर्ती वरण्डाभार क्षेत्रमा घाँस काट्न जानु भएकी भरतपुर महानगरपालिका ६ देवनगरका माया विकको हात्तीको आक्रमणवाट मृत्यु भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
सडक भाँसिदा यातायात ठप्प
अबिरल बर्षाले सिन्धुपाल्चोकका राजमार्ग र ग्रामीण सडक भासिएपछि यातायात ठप्प भएको छ । अरनिको राजमार्गको महभीर खण्ड, कोठे खण्ड भासिएर सवारीसाधान आउजाउमा समस्या आएको छ ।
४९ लाखसहित धावा पक्राउ
प्रहरीले स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा विहीबार सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले जनाएको छ ।