सुक्खा पहिरो खस्दा हेलम्बुका ११ घर उच्च जोखिममा
हेलम्बु, साउन २७ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन्। पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घर पनि जोखिममा छन्। उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। अहिले तत्कालका लागि विस्थापितलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ। पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ। पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस
कांग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।
अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन गर्दै त्रिशूली अस्पताल
नुवाकोटस्थित त्रिशूली अस्पतालले ‘बायोग्यास प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ ।
चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया
जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल ९सिएमसी० मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनुभएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।
आज गाईजात्रा पर्व मनाइँदै
भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।
कछुवा गतिमा सिन्धुलीगढी–नागी सडक
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सिन्धुलीगढी–नागी–मझुवा सडक कछुवा हिँडाइको गतिमा निर्माण भइरहेको छ। सिन्धुलीगढीदेखि मझुवासम्मको १० किलोमिटर लम्बाइ र साढे पाँच मिटर चौडाइको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी निर्माण सुरु भएको चार वर्ष लाग्दासमेत कार्य प्रगति सन्तोषजनक नभएको स्थानीयवासीको गुनासो छ।
गुणस्तरहीन सडकले स्थानीयलाई सास्ती
दोलखाको जिरी नगरपालिकास्थित जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन्। १६ वर्षदेखि बर्सेनि बजेट विनियोजन भए पनि सडक गुणस्तरीय बन्न नसक्दा यात्रुले सास्ती भोग्नुपरेको हो।
अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक बन्द
रसुवा जिल्लामा पर्ने पासाङल्हामु राजमार्गको बेत्रावती–कालिकास्थान सडकमा पहिरो जाँदा धुन्चे–काठमाडौँ तथा रसुवागढी नाकासम्म सवारीसाधन सञ्चालन ठप्प भएको छ। उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले भत्काएको छ।
कोभिड संक्रमण बढेसँगै तातोपानी नाका पुनः बन्द
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।