मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता
हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।
महिला हिंसा न्यूनीकरणमा प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय कालीकोटले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि अभियान थालेको छ ।
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
सुर्खेतमा कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ सङ्कलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ ।
समयमा पुल नबन्दा तुइनकै भर
निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ ।
मैनागाडामा बसपार्कको शिलान्यास
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ ।
भेरी सफाइ अभियान सुरु
दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।
सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा
कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।
सरकारले जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नेगरी सरकारले काम गर्ने बताउनुभएको छ ।
सालनालसहित फेला परेको मृत शिशुको सनाखत हुन सकेन
रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन ।
मुगुवासीलाई आधुनिक चुल्हो
जिल्लाको छायानाथ रारा नगरपालिकाका २, ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् ।
पर्यटकीय स्थलको प्रचार अभियान
एक ३५ वर्षीय युवाले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने हिसाबले पैदल यात्रा सुरु गरेका छन् । उनी सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्किएका हुन् ।
तटबन्ध लगाएर जोगाइँदै खुलालुको बस्ती
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. २ खुलालुको बस्ती बाढीको उच्च जोखिममा छ । उक्त बस्तीलाई अहिले तटबन्ध गरेर सुरक्षित गर्ने प्रयास भइरहेको छ ।
सार्वजनिक सुनुवाइमा छैनन् सेवाग्राही
सिमकोट गाउँपालिकाले दिने सेवा प्रभावकारी नभएको गुनासो नागरिकको छ। गाउँपालिकाद्वारा आयोजित अर्धवार्षिक सार्वजनिक सुनुवाइमा नागरिकले सो गुनासो गरेका हुन्। जो सेवाग्राहीका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ हो, तिनै सेवाग्राही उपस्थित नभएको आरोपसमेत उनीहरूको थियो।
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।
भारत जान कालीकाेट जिल्ला प्रशासनको सिफारिस अनिवार्य
कालीकोट जिल्लाका नागरिकले भारतमा रोजगारीका लागि जान जिल्ला प्रशासनको सिफारिस अनिवार्य लिनुपर्ने बाध्यता छ ।
७७ वर्षमा नागरिकता
१८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पाउँछन्। तर कालीकोटका केही दुर्गम ठाउँमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएका मानिस अहिले पनि छन्।
उपप्रधानमन्त्री खड्काद्वारा छिन्चु खोला पुलको शिलान्यास
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको शिलान्यास गर्नुभएको छ।
‘चिल गाडी कैले आउन्या ओ’
‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ रु’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन ।
स्वर्गको एक टुक्रा: रारा (फोटो फिचर)
रारा घुम्न चाहनेहरुका लागि उपयुक्त याम सुरु भएको छ । याम सूरु भएदेखि रारा पुग्नेहरुको चाप उल्लेख्य बढेको छ । तर पर्यटकीय पूर्वाधारहरुको अभावमा प्रायः यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो छ ।
दुनै बजारलाई सुन्दर बनाउन भेरी नदी सरसफाइ अभियान
सदियौँ वर्षदेखि भेरी नदीमा चाङ लागेको फोहोर नगरपालिकाको सक्रियतामा उठाउने कार्यको थालनी गरिएको छ ।
कात्तिके बाली लगाउन व्यस्त मुगुका किसान
बर्सभरिमा एक पटक उत्पादन हुने कात्तिके बालीको बीउ छर्नलाई जिल्लाका किसानलाई हिजोआज भ्याइनभ्याइ छ । यति बेला जिल्लाका किसान कात्तिके बाली कोदो, मकै, आलु , भट्मासको बीउ छर्न व्यस्त छन् ।
गल्फा क्याम्पसको भवन अलपत्र
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा सञ्चालन हुँदै आएको गल्बा क्याम्पसको नयाँ बन्नु पर्ने भवन अधुरो र अलपत्र अवस्थामा रहेको छ । क्याम्पस व्यवस्थापन समितिले निर्माण जिम्मा लिएको भवन पूर्ण रूपमा निर्माण नगरिँदा हाल भवनको अवस्था अधुरो र अलपत्र अवस्थामा रहेको हो ।
भारतीय सुरक्षा वलद्वारा नेपाली लुटिए
भारतवाट मजदुरी गरेर नेपाल आउदै गरेका नेपाली सिमा सुरक्षावल (एसएसपी) बाट लुटिएका छन् । नेपाल र भारतको सिमा वनवासा गड्डाचौकीमा नेपाली मजदुर भारतीय सुरक्षा वलबाट लुटिएका हुन् ।
जब उपप्रधानमन्त्री खड्काले माटोलाई ढोग्नुभयो
उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आउनुभएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको छ ।