कर्णालीबाट अख्तियारमा बढ्यो उजुरी
कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो।
दरबन्दीभन्दा करारमा भर्ना बढी
मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ। साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो। उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ। विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै करार नियुक्तिको विरोध गरेका छन्।
कर्णालीका १६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर
कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ढाकाको कपडाले बजार पाएन
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।
आगजनी आरोपित सार्वजनिक
जुम्लामा सात घरसहित शृङ्खलाबद्ध आगजनी गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्याक्टर र अटो रिक्सा जलाएको घटनामा जुम्ला गुठीचौर–४, उखाडी घर भई चन्दननाथ नगरपालिका–२, भण्डारीवाडामा घरज्वाइँ बस्ने वर्ष ३० का रत्नबहादुर अधिकारी संलग्न भएको प्रहरीले जनाएको छ। अभियुक्त रत्नप्रसाद अधिकारीले आफू गरिब भएकाले कसैले पनि ऋण र उधारो नपत्याएको रिसमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ।
सरकारी असहयोगले लगानी झिक्दै उद्यमी
पश्चिम सुर्खेतको चौकुनेस्थित सूर्यतारा सिमेन्ट उद्योग स्थापना कार्य अहिले ठप्प छ। लगानीमैत्री वातावरण नभएको भन्दै निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनी हात झिक्ने अवस्थामा छ। दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालन स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सम्पन्न गरिसकेको छ।
कालीकोटमा खाद्य अभाव
कालीकोटमा खाद्यन्न अभाव भएको छ। सरकारले गत वर्ष कालिकोटमा १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ। एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको बताइन्छ।
स्पष्ट योजना अभावमा बालविवाहका घटना बढ्दो
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।
सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु
हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि सिमकोट विमानस्थलमा पुन हवाई सेवा सुचारु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज डङ्गोलले हवाई सेवा अवरुद्ध भएको चौथो दिनमा सुचारु भएको बताउनुभयो ।