समयमा काम गरिदिन बाढीपीडितको दबाब
तटबन्धको काम समयमा नभएर बाढीले क्षति बढाएको भन्दै यहाँका बाढीपीडितले रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई दबाब दिन थालेका छन् । बिहीबार मात्रै टीकापुर र भजनी नगरपालिकाका गाउँलेले आयोजना प्रमुख केदारकुमार श्रेष्ठलाई भेटी समयमा काम नहुनुको कारण र बाढी, डुबान समस्याको दीर्घकालीन समाधान मागेका छन् ।
राहतको पर्खाइमा पहिरो पीडित
शेरबहादुर सार्कीबाजुरा, असोज २६ गते । एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन्। अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्। बाजुराको तल्लो क्षेत्र भनेर चिनिने त्रिवेणी, बूढीगङ्गा, खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँका दर्जनौँ घर भत्किएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनुसार पहिरोले हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकामा धेरै क्षति भएको छ। हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा गरेर दुई सय बढी घर परिवार पहिरोको जोखिममा परेका छन्। पहिरोले बस्ती नै जोखिममा भएपछि ती परिवार खुला आकाश र विद्यालयमा बसिरहेको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय राज भण्डारीले जानकारी दिनुभयो। स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट, फैदा, ठाकुर, जुकोट, जुरु, वाई, साप्पाटा, बाउनी लगायतका ठाउँमा बाढीपहिरोले सबैभन्दा बढी क्षति गरेको छ। स्वामिकार्तिक गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ का बस्ती बढी जोखिममा छन्। हिमाली गाउँपालिका अध्यक्ष भरत रोकायाले गाउँपालिकामा बाढीले ठूलो क्षति गरे पनि त्यसको विवरण आइनसकेको बताउनुभयो। पहिरोका कारण अहिले एउटा वडाबाट अर्को वडासम्म जानसमेत समस्या भएको छ। मानवीय क्षति असोज १८ गतेदेखि २४ गतेसम्म परेको पानीका कारण गएको पहिरोमा परेर बाजुरामा एक जनाको मृत्यु भइसकेको छ। जगनाथ गाउँपालिका वडा नम्बर १ डिमुरका ४० वर्षीय प्रभुलाल गिरीको पहिरोमा परेर मृत्यु भएको हो। उहाँकी ७५ वर्षीया आमा घाइते हुनुभएको छ।
समुद्र पार गरेर कैलाली पुगेका कर्याङकुरुङ (फोटो फिचर)
जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्याङकुरुङ आज कैलारी गाउँपालिका –९ को सामरचौरा गाउँमा देखिएका हुन् ।
एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
लक्ष्मण थारुको उम्मेदवारी रद्द
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु (चौधरी) को उम्मेदवारी रद्द भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै
सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् ।
टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।
चौधरी र थारूको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी)को उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो। टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा हुनुहुन्छ।
डडेलधुरामा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रुपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्।
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी
डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
खलोले परिवार पाल्न धौधौ
जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिँड्ने बाटो नै ।
सुदूरपश्चिममा प्रधानमन्त्री देउवासहित तीन मन्त्रीको उम्मेदवारी
सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट सङ्घीय सरकारका प्रधानमन्त्रीसहित तीन जना मन्त्रीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन मन्त्री प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
सभापति देउवाद्वारा उजुरीको जवाफ पेस
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो ।
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ६२ वर्षीय दुरपति सार्कीको परिवारले नागरिकता नपाउँदा राज्यबाट प्राप्त हुने सेवा सुविधा पाउन सकेका छैनन् । लामो समयदेखि पति छाडेर माइती बसेकी दुरपतिले समेत नागरिकता पाएका छैनन् । आमाको नामबाट नागरिकता लिन सकिने कानुनी व्यवस्था भए पनि दुरपतिका २७ वर्षीया छोरी मना सार्की र २२ वर्षीय छोरा तेज सार्कीको समेत नागरिकता बनेको छैन ।
भजनीका विस्थापितको बिचल्ली
कैलालीको भजनी नगरपालिका बाढीको डुबानका कारण सात सय ७२ घरपरिवार विस्थापित भएका छन् । शुक्रबारदेखि बस्तीमा बाढी पसेको थियो । नगरपालिकाका विपत् व्यवस्थापन स्रोतव्यक्ति खेम पनाडीका अनुसार नगर क्षेत्रभरि दुई हजार ८६ घरधुरी बाढीले प्रभावित भएका छन् । विस्थापित
मगर गोहीले बाख्रो मार्यो
कैलालीमा सोमबार मगर गोहीले एक बाख्रो मारेको छ । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रा मारेको हो ।
कांग्रेस सभापति देउवाको उम्मेदवारी रद्द गर्न उजुरी
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो ।
सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि बिजुली छैन
कैलालीको गोदवरीमा बिजुलीको टावर ढलेपछि आइतबार बेलुकीदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिजुली छैन ।
कैलालीका बाढी पीडितको बिचल्ली
कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०.८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।
झरीमा रुझ्दै मनोनयन दर्ता
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ क्षेत्र रहेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट पन्तको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने सङ्घीय संसदको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तको उम्मेदवारी दर्ता भएको छ ।
बाजुरामा नेता थापाको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गराउनुभएको छ ।
कैलाली–१ मा चौधरी, रावल र श्रेष्ठको उम्मेदवारी दर्ता
कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नुभएका र चार पटक मन्त्री बनिसक्नु भएका नेपाली कांगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कैलाली –५ बाट लक्ष्मण थारुको उम्मेदवारी
थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।