असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
संयुक्त समिति सञ्चालन नियमावली विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिँदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ।
राष्ट्र बनाउन यथार्थ तथ्याङ्कको महत्त्व छ : मन्त्री यादव
मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले राष्ट्रको भविष्य निर्माण गर्नमा यथार्थ तथ्याङ्कको विशेष महत्त्व रहेको बताउनुभएको छ ।
भ्रष्टाचारीलाई कारबाही नगरे आन्दोलनमा जान्छौँ : सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।
नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा केही धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताउनुभएको छ।
सरकारले गरिखाने देशका रूपमा नीति बनाउन सकेन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातावरण नदेखिएको स्पष्ट हुने बताउनुभएको छ।
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिनुभएको छ ।
जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने छु : वनमन्त्री महतो
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सबै सरकारी कार्यालयमा डिजिटलाईजेशन सिष्टमको व्यवस्था गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयमा डिजिटलाईजेशन सिष्टमको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक तत्काल प्रमाणिकरण गर्नुपर्छ : सांसद निधि
नेपाली कांग्रेसका नेता एवम् सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवस विशेष : परराष्ट्र नीति र कूटनीति: विचारणीय विषय
गणतन्त्र नेपालको परराष्ट्र नीतिबारे केही कुरा भन्नु अगाडि परराष्ट्र नीतिकै बारेमा एक–दुई सैद्धान्तिक कुरा गर्नु आवश्यक छ ।
भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।
सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग
नेकपा (एमाले) का सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिलाद्वारा शपथग्रहण
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउँदै
बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । प्रदेश स्तरमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै
सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
नवनियुक्त मन्त्रीको शपथग्रहण आज
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमीला कुमारीको शपथग्रहण आज (बुधबार) हुने भएको छ ।
सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : बुधबार अभियोजन दर्ता गरिने
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।
संघीय संसदको संयुक्त बैठक बुधबार दिउँसो ४ बजे बस्ने
संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।
जापान सरकारको ४१ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बजेटको सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।