सुरक्षा संवेदनशीलताका कारण उपत्यकाको जिम्मेवारी नेपाल प्रहरीलाई : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय राजधानीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रष्ट पार्नुभएको छ ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश
प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।
सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रहरीलाई हतियारभन्दा प्रविधि चाहिएको छ : सांसद सिलवाल
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता
सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन्।
संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण
सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले आइतबार कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ । भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिन र सञ्चालन गर्ने प्रारुपका विषय बुझ्न संसदीय टोलीले अनुगमन गरेको हो ।
निर्वाचनमा हुने विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न सभामुखको आग्रह
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।
नागरिकता विधेयक फिर्ता, नयाँ विधेयक ल्याउदै सरकार
प्रतिनिधिसभामा नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । संसदमा चार वर्षदखि अड्किएको नागरिकता विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभामा नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत
प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
प्रतिनिधिसभा बैठक : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकोमा असन्तुष्टि
नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकोमा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबारकाे प्रतिनिधिसभा बैठक
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाबाट तीन विधेयक पारित
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो ।
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सांसद सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्राचार गर्न माग
नेकपा (माओवादी केन्द्र)का सांसद एवम् प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गर्नु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार न
सदनमा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश
प्रतिनिधिसभा बैठकमा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार’ पेश गर्नुभएको हो ।
नबसेरै प्रदेश सभा बैठक स्थगित
आज बिहीबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको छ । बिहीबार बिहान अवरुद्ध प्रदेश सभा बैठक खुलाउन सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएपछि आज बस्ने भनिएको बैठक बस्न नसकेको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ ।
तेजाब कारण महिलाहिंसाका घटना हृदयविदारक : गृहमन्त्री खाण
“तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।’’
राष्ट्रियसभामा दुई विधेयक पेश
बिहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो ।
संसद् शून्य समय : कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गर्नुभयो ।