मल आपूर्ति र अनुदानमा सफलता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल आपूर्ति गर्न र उखु किसानलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको बताउनुभएको छ ।
तिहारलाई पैंतालिस लाख माला, साठी प्रतिशत स्वदेशकै
यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला खपत हुने गर्छ ।
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् ।
राजनीतिक र अर्थतन्त्रमा समग्र रूपान्तरणको थालनी
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
बयानका लागि जोशी बुटवलमा
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइएको छ ।
सूर्यदर्शनका बचतकर्ताको कन्तबिजोग
पोखरा महानगरको कछाडतिर सानो घडेरी किनेर सानै घर बनाउने वीरबहादुरको सपना थियो ।
गौशाला धर्मशाला प्रकरण : अध्ययन समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्ने गरी छ सदस्यीय समिति गठन गरेको छ ।
आठ संस्थान निजीकरण हुने
अर्थ मन्त्रालयले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठ संस्थानलाई निजीकरण गर्ने भएको छ ।
गुलजार बन्दै बन्दुकेडाँडा
बसाइँसराइका कारण तीन दशकसम्म उजाड बनेको बन्दुकेडाँडा अहिले भने सबैको आकर्षणको केन्द्र बनेको छ ।
त्रिवि स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपालीमा
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिनेभएको छ ।
एयरलाइन बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत
भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताउनुभएको छ ।
कोहलपुरमा प्लास्टिकका मालाको प्रयोगमा प्रतिबन्ध
बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिदैं गर्दा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ ।
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
श्रम मन्त्रालय : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापनसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको जनाएको छ ।
माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।
मङ्सिर १४ र १५ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।
‘विकासका योजना तर्जुमा अव्यवस्थित’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताउनुभएको छ ।
हिन्दु विवाहित महिलाले मनाए करवा चौथ पर्व
कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा हिन्दु धर्मावलम्बी विवाहित महिलाहरूले करवा चौथ पर्व मनाएका छन् ।
चित्लाङ फुटबल क्लब सेमिफाइनलमा
काठमाडौँको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।
कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनीत
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।
फुटबल टोलीको प्रशिक्षणमा ३६ खेलाडी
राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाउनुभएको छ ।
सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत
सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ ।
हिमशृङ्खलाको दृश्य
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर परिसरबाट सोमबार देखिएको हिमश्रृङ्खलाको दृश्य ।