युवा फुटबल टोलीको बिदाइ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गर्ने शिक्षामन्त्रीको उद्घोष
विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष गर्नुभएको छ ।
दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् रु एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।
संविधान संशोधनमा महिलाका मुद्दाको प्राथमिकता
नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ। संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन। सामान्यतया संविधान जारी भएको १० वर्षभित्र संशोधन गर्ने परम्परा छ। ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरण पनि संशोधनकै लागि भएको दावा गरिएको छ।
‘वनको जग्गा पाउने लोभ त्यागौँ’
वन अतिक्रमण गरी बसेकाहरूलाई जग्गा पाउने लोभ त्याग्न डिभिजन वन कार्यालय कपिलवस्तुका डिएफओ अजित कर्णले सुझाव दिनुभएको छ ।
स्केट बोर्ड र रोलर स्केट हुने
बागमती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घको आयोजनामा असोज ४ र ५ गते काठमाडौँमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिता हुने भएको छ ।
जैविक विविधता युक्त वातावरणलाई सफा बनाऔँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जलवायु परिवर्तनका असरले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएको बताउनुभएको छ ।
संविधान गतिशील दस्ताबेज हो : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको वर्तमान संविधान एक गतिशील दस्ताबेज भएको बताउनुभएको छ ।
संविधानको विश्वसनीयता बढाउन संशोधन आवश्यक छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधानको विश्वसनीयता बढाउन संशोधनको खाँचो रहेको बताउनुभएको छ ।
काभा महिला भलिबल : पुलिसको तेस्रो जित
माल्दिभ्सको मालेमा मङ्गलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
वन व्यवस्थापन अहिलेको चुनौती : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वन व्यवस्थापन अहिलेको चुनौती भएको बताउनुभएको छ । जलदेवी सामुदायिक बन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वन व्यवस्थापनमा आउने चुनौती तथा बाधा व्यवधानलाई ऐनबाट समाधान खोज्नुपर्छ भन्नुभयो ।
सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
दैलेखको भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
एन्फा महिला लिग : एपिएफको अपराजित यात्रा जारी
विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
डेढ करोडभन्दा बढीको अवैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनामा डेढ करोडभन्दा बढी रुपियाँको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
‘सरकारले विधि प्रक्रियामै प्रतिवेदन कार्यान्वयन गर्छ’
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदनलाई विधि प्रक्रियाअनुसार सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ ।
भारतकी शिल्पा गण्डकीबाट खेल्दै
भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताउनुभएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नु हुनेभएको छ ।
अन्तर वडा फुटसल सुरु
काठमाडौँ, महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुझावहरूलाई सरकारले आत्मसात् गर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा सदस्यको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।
स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।
अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।
वन संरक्षण सबैको दायित्व हो : मुख्यमन्त्री लामा
बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा मङ्गलबार हेटौँडामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानबिच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत हुन्छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताउनुभएको छ ।
जङ्गली जनावरले खाएको बालिकाको शव फेला
आइतबार रातीदेखि बेपत्ता हुनुभएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।