पूर्वाधार निर्माणको नगर बनाउने लक्ष्य छ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो। अघिल्लो कार्यकालमा उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी मोहनमाया ढकालको काँधमा अहिले नगर प्रमुखको जिम्मेवारी छ । शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेर आफू अघि बढेको उहाँ बताउनुहुन्छ। दोस्रो कार्यकालको एकवर्षे सुरुवात निकै सुखद भएको उहाँको दाबी छ तर नगरवासी विगतमा उपप्रमुख भएको कार्यकाल र प्रमुखको एकवर्षे कार्यकालमा केही असन्तुष्टिका आवाज उठाइरहेका छन्। निर्वाचित भएको एकवर्षे कार्यकालमा नेकपा (एमाले) बाट निर्वाचित नगर प्रमुख ढकालले भोग्नुभएको चुनौती र लक्ष्यबारे रजनी योगीले गर्नुभएको कुराकानी–
‘प्रमको भ्रमणपछि पूर्वाधारका क्षेत्रमा उत्साह थपिएको छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यस पटकको भारत भ्रमणका क्रममा भौतिक पूर्वाधारका क्षेत्रमा भएका समझदारी सफल, उपलब्धिमूलक र परिणाममुखी मानिएको छ । भ्रमण दलमा सँगै जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भ्रमणका क्रममा पूर्वाधार, पारवहन, ऊर्जालगायतका क्षेत्रमा विभिन्न सम्झौता र सहमति भएको बताउनुभयो । सहमति कार्यान्वयनका विषयमा मन्त्रालयका कार्ययोजना के कस्ता छन्, साँच्चिकै भौतिक पूर्वाधार क्षेत्रले अब फड्को मार्ला त भन्ने विषयमा केन्द्रित रहेर मन्त्री ज्वालासँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी :
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
नेपालगन्ज पश्चिम नेपालकै नमुना सहर बन्छ
पश्चिम नेपालका तीन वटा प्रदेशको प्रमुख केन्द्रबिन्दुका रूपमा रहेको छ, नेपालगन्ज उपमहानगरपालिका। लामो समयदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख केन्द्र रहेको यो नगर यस क्षेत्रको शिक्षा, स्वास्थ्य र उद्योग व्यवसायको केन्द्र पनि हो। गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरको प्रमुखमा विजयी भएका युवानेता प्रशान्त विष्ट यो उपमहानगरलाई पश्चिम नेपालमै उत्कृष्ट गन्तव्य बनाउन अहोरात्र खटिइरहनुभएको छ। यो नगरलाई पर्यटनको प्रमुख द्वार, आर्थिक राजधानी र
सुशासन र विकासका लागि काम गरिरहेका छौँ
दार्चुलाको नौगाड गाउँपालिका भौगोलिक विकटता र विविधता भएको गाउँपालिका हो । छ वडा, १८०.२७ वर्गकिलोमिटर क्षेत्रफल र १५ हजार ५२८ जनसङ्ख्या रहेको यो गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना छ । गत वर्षको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दलजितसिंह धामी निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, अध्यक्ष धामीसंँग गोरखापत्रका लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढेका छौँ
दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका हिमाली पहाडी भेगकै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिएको आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ। यसको ऐतिहासिक महत्व त छँदै छ, सगरमाथा र चीनको तिब्बत प्रवेशद्वारका रूपमा पनि रहेको छ। एक वर्षमा भएगरेका कामबारे गोरखापत्रका बाबुराम शर्माले नगर प्रमुख ईश्वरनारायण मानन्धरसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
समिति खारेज नगरी बन्दरगाह प्राधिकरण बनाउनु पर्छ
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत २०५४ सालमा स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरेको छ । सुक्खा बन्दरगाह (ड्राई पोर्ट), एकीकृत जाँच चौकी निर्माण तथा सञ्चालन गर्दै आएको समिति खारेजीको घोषणापश्चात् यसबारे अन्योल सिर्जना भएको छ । यसै सन्दर्भमा रहेर समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गोरखापत्रका लक्ष्मी सापकोटाले गरेको कुराकानीको अंश :
कृषि र पशुपालन नै हाम्रो समृद्धिको आधार
राजमती इङ्नाम (लिम्बू) स्थानीय तहको अध्यक्ष/प्रमुखमा निर्वाचित मोरङकी एक मात्र महिला हुनुहुन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित उहाँ २०७९ मा अध्यक्ष बन्नुभयो। ५४ वर्षीय इङ्नाम लामो समयदेखि नेकपा (एमाले) मा आबद्ध रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ, गाउँपालिकाको विकास गतिविधि, सम्भावना, चुनौतीलगायतका विषयमा अध्यक्ष इङ्नामसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
सम्झन लायकको बजेट ल्याउँछौ : आर्थिक मामिला मन्त्री शाही
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०-८१ बजेट ल्याउने तयारीमा जुटेको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो बजेट ल्याउन लागेको हो । आगामी असार १ गते बजेट प्रस्तुत हुनेछ । नेकपा (एकीकृत समाजवादी) बाट बाजुरा ‘क‘ बाट निर्वाचित ४१ वर्षीय आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुरुदेखि नै जनताको माग अनुसारको बजेट ल्याउनु पर्ने धारणा राख्दै आउनु भएको छ । त्यसैले जनअपेक्षा अनुसार कै बजेट सुदूरपश्चिम सरकारले ल्याउँछ भन्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, आगामी बजेटका विषयमा आधारित भएर मन्त्री साहीसँग गोरखापत्रका प्रकाशविक्रम शाह र अविनाश चौधरीले गरेको कुराकानी:
शिक्षा, सरसफाइ र स्वास्थ्यलाई प्राथमिकता दिएको छु
सिराहा जिल्लाकै सबैभन्दा पुरानो र ठुलो नगरपालिकाका रूपमा रहेको छ, लहान नगरपालिका । २०३३ सालमै नगर पञ्चायत बनेको लहान पहाडी चार जिल्लाका लागि प्रमुख बजार पनि हो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर सभा र कार्यपालिका दुवैमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएका प्रमुख महेशप्रसाद चौधरीसँग गोरखापत्रका सन्तोष सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ
गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी निर्वाचित हुनुभयो। पत्रकारितामा आफ्नो परिचय बनाउनुभएका चौधरी राजनीतिमा आएर स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ। ४७ वर्षीय चौधरीसँग गोरखापत्रका प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद
विद्युतमा अर्बौं लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ ।
भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ : अर्थमन्त्री डा. महत
भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।
भारतका प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ ।
परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन : पूर्वसभामुख नेम्वाङ
कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधान सभासहित छ पटक व्यवस्थापिका–संसदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो ।
‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै’
देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। सरकारले यस पटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय ग-यो। नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रूपमा आजको दिनलाई स्मरण गरिन्छ। गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत अधिकार स्थापित गर्न दसवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुलुकको कार्यकारी प्रमुखका रूपमा हुनुहुन्छ । नेपाली जनतालाई अधिकारसम्पन्न बनाउने र आमूल परिवर्तनको नेतृत्वसमेत गर्नुभएका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक र समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
समृद्धिका लागि समानता अपरिहार्य छ : डा. बिन्दा पाण्डे
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले समृद्धिका लागि समानता अपरिहार्य रहेको बताउनुभएको छ ।
गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ ।
सबैले यात्रा गरेको एउटै जहाज गणतन्त्र
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।
खेलकुदको अवस्था परिवर्तन गर्न लगानी र सोच आवश्यक
नेपाली जनताले लामो सङ्घर्ष र आन्दोलन गरेर प्राप्त गरेको ठूलो उपलब्धि हो, गणतन्त्र। गणतन्त्र स्थापना भएपनि नेपालको हरेक क्षेत्रले अपेक्षा अनुसार परिवर्तन गर्न नसकेको यथार्थ छ। अझ खेलकुद पुरानै संरचना र ढर्रामा चलिरहेको छ।
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा. यादव
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
राष्ट्रका मुद्दामा दलले साझा दृष्टिकोण बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला
राष्ट्रका मुद्दामा दलले साझ दृष्टिकोण बनाउनुपर्छ। दलहरुले लिने नीतिमा पुर्नविचार गर्नुपर्ने आवश्यक देखेको छु। कसरी यो परिवर्तनलाई जनताको पक्षमा साकार पार्ने भन्ने पक्षमा सोच्नु आवश्यक छ।
हामीले उल्लेख्य काम गरेका छौँ
– महानगरको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको छ। यस अवधिमा महानगरबाट भएका प्रमुख काम के हुन् ? यो एक वर्षको अवधिमा हामीले उल्लेख्य काम गरेका छौँ। सहरी सौन्दर्य, वातावरणीय सुधार, ट्राफिक व्यवस्थापन र पार्किङ स्थलको व्यवस्था, डुबान नियन्त्रणका लागि नाला सफाइ तथा व्यवस्थापन गर्ने जस्ता काम प्राथमिकतामा राखेर गरिरहेका छौँ। उज्यालो विराटनगर अभियानमार्फत सहरका सडक उज्यालो बनाइएको छ। सडकमा लत्रिएका तारको व्यवस्थापन गरिएको छ। छोटै समयमा हामीले आन्तरिक प्रशासनमा उल्लेख्य सुधार गरेका छौँ। आन्तरिक आय वृद्धि गर्न कर सङ्कलन अभियान चलाइएको छ। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बेचबिखनमा रोक लगाइएको छ। खुला रूपमा हुँदै आएको माछामासुको बिक्रीलाई व्यवस्थित बनाउने अभियान अहिले पनि जारी राखिएको छ। विकास निर्माणतर्फ ऐतिहासिक रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार र सङ्ग्रहालय, प्रधानमन्त्री पार्क, हृदयेन्द्र पार्क, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, वीरेन्द्र सभा गृहको पुनर्निर्माण, सडक, महानगरको बहुप्राविधिक विद्यालयलगायतका दर्जनौँ विकास निर्माणमा हामीले ध्यान दिएर काम अगाडि बढाएका छौँ। स्थानीय पाठ्यक्रम तयार पारिएको छ। जनस्वास्थ्यतर्फ पनि हामीले धेरै काम गरेका छौँ। – सुशासनको पक्षमा महानगरले केही काम गर्न खोजेको देखिन्छ तर एकै पटक धेरैतिर हात हाल्दा परिणाम नआउने समस्या हुँदैन ? हामीले केही काम थालेका छौँ। नयाँ नियम लागु गर्ने जमर्को गरेका छौँ। यी कामलाई नियमित अनुगमन गर्ने, फलोअप गर्ने र व्यवस्थित गर्दै लैजानेतर्फ प्रतिबद्ध छौँ। – कर्मचारीको व्यापक सरुवा भयो। त्यसले महानगर सञ्चालनमा कस्तो फरक पाउनुभएको छ ? म जनप्रतिनिधि भएर महानगरमा प्रवेश गर्दै गर्दा यहाँका फाँटमा हुने आर्थिक तथा अन्य अनियमिततासँग जोडेर मलाई थुप्रै प्रश्न गरिन्थ्यो। कर्मचारीले रकम मागेकोदेखि अरू थुप्रै गुनासो मैले सुनेको छु। त्यसमा सुधार गर्नकै लागि हामीले कर्मचारीको व्यापक सरुवा ग-यौँ। वर्षौं एउटै फाँटमा बसेका कर्मचारी अहिले नितान्त भिन्न जिम्मेवारीमा पुगेका छन्। यसले सुशासनमा निकै सुधार आएको छ। नयाँ जिम्मेवारीमा पुगेकाले काममा परिणाम दिनुपर्ने भएकाले उनीहरूको कार्यदक्षता पनि बढेको पाएको छु। – महानगरले राजस्व सङ्कलनमा केही सुधार गरेको देखियो तर पूरा हुनै नसक्ने राजस्व अनुमान अर्धवार्षिक समीक्षामार्फत फेरि किन बढाउन आवश्यक भयो ? राजस्व लक्ष्य पूरा गर्न छुटेका धेरै करदातालाई करको दायरामा ल्याएका छौँ। उठ्न नसकेका केही राजस्व उठाउन सफल भयौँ। राजस्व अभिवृद्धि गर्ने कार्यमा महानगरले एउटा सफलता पाएको छ। अघिल्लो वर्षभन्दा यस वर्ष २० करोड रुपियाँ बढी राजस्व परिचालन हुने विश्वास छ। पुरानो दुई अर्ब रुपियाँभन्दा बढी दायित्व भएकाले समस्या भने अझै छ। अझै केही समय लक्ष्य अनुसार राजस्व सङ्कलन हुने देखिँदैन। तर पनि विकास योजना अगाडि बढाउन पछिल्लो समय राजस्वको लक्ष्य बढाउनुपर्ने हाम्रो बाध्यता हो।