शासक होइन सेवक भई काम गर्दै छु
परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँ
आवश्यकताका आधारमा योजना
गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन् । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
‘सुर्नया गाउँपालिका पूर्ण विद्युतीकरण हुन्छ’
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका अन्न भण्डारका रूपमा परिचित छ । जिल्ला सदरमुकाम पाटनबाट ३५ किलोमिटर पूर्वमा रहेको यो गाउँपालिकाको नामकरण सुर्नया नदीका नामले गरिएको छ । सुर्नया नदी किनार धान र गहुँ खेतीका लागि उर्वर रहेको छ । साबिक हटैराज, वासुलिङ, भौनेली, रौलेश्वर, शङ्करपुर र शि
पञ्चवर्षीय रोजगार रणनीति तयार गर्दै छौँ
रतुवामाई नगरपालिका मोरङको दक्षिणपूर्वी ग्रामीण भूगोल समेटेर बनेको नगरपालिका हो । नगरपालिकामा भर्खर विकासको जग बस्दै छ । यस नगरको आर्थिक समृद्धिको आधार पशुपालन र कृषि हो । पूर्वमा झापा र भारत, दक्षिणमा भारत,
मानवीय र सामाजिक विकास केन्द्रमा छ
सिराहा जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको छ, धनगढीमाई नगरपालिका । २०७२ साल असोज १ गते साबिक धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर, भवानीपुर, फुलकाहाकट्टी र अयोध्यानगर गरी छ वटा गाविस समायोजन गरी
‘आफ्ना गाउँमी आफ्नै डाक्टर’
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । परम्परादेखि देवीदेवता एवं दुर्गादेवी नाच्ने ठाउँ (थली) लाई जोडेर यस गाउँपालिकाको नाम दुर्गाथली राखिएको हो । साबिकका सैनपसेला, मौलाली र चौधारी गाविस मिलेर यो गाउँपालिका बनेको हो । यो पालिका जिल्लाकै देवभूमिका रूपमा परिचित छ । यस गाउँपालिकाको अध्यक्षमा युवानेता दिलबहादुर थापा (तुफान) निर्वाचित हुनुभएको डेढ वर्ष भएको छ । गाउँपालिकाको विकास निर्माण, समस्या, चुनौतीलगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि बझाङ समाचारदाता शैलेन्द्र रोकायाले उहाँसँग गर्नुभएको कुराकानी :
प्राथमिकतामा सडक राखेका छौँ
मुगु जिल्लाको विकट मानिने खत्याड गाउँपालिकाको मुख्य आवश्यकता सडकमार्ग हो । जिल्ला सदरमुकाम गमगढी पुग्न जुम्लाको सडक प्रयोग गर्नुपर्ने बाध्यता खत्याडवासीलाई छ । रारा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र सडक निर्माणमा रोक लगाइएपछि खत्याडवासीलाई यो समस्या आइपरेको हो । चार हजार ५३६ जनसङ्ख्या रहेको खत्याड गाउँपालिका केन्द्रसम्म सबै वडाको सडक पहुँच बनाउने योजना पालिकाको छ । सदरमुकाम गमगढी बजारसँग सडक सञ्जाल जोड्ने योजनासमेत पालिकाको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट पालिका अध्यक्षमा निर्वाचित अजबहादुर शाहीसँग विकास निर्माणमा भइरहेका प्रयास र उपलब्धिका विषयमा यस पटक कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी–
सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : दाहाल
“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”
‘जलविद्युतकाे लाभांशबाट समृद्धि सम्भव’
सङ्खुवासभाको १० स्थानीय तहहरूमध्ये सबैभन्दा दुर्गम स्थानीय तह हो भोटखोला गाउँपालिका । साबिक किमाथाङ्का, चेपुवा, हटिया र पावाखोला गाविसलाई समेटेर गठन गरिएको यस पालिकामा पाँच वडा छन् । मित्रराष्ट्र चीनसँग सि