परमाणु बमलाई छक्क्याएका यामागुची
पहिलो परमाणु बम पड्काइँदा यामागुची हिरोसिमाबाट प्रस्थान गर्ने तयारीमा थिए । नौ सैनिक इन्जिनियर २९ वर्षीय यामागुची तीन महिनाको व्यापारिक कार्यका लागि मित्सुबिसी हेवी इन्डस्ट्रीमा आएर त्यहाँबाट फर्कने बेलामा हिरोसिमामा बम विस्फोट भएको थियो । यामागुची र उनका सहकर्मीले इन्धनवाहक नयाँ पानीजहाजको डिजाइनमा दिनरात काम गरे । सन् १९४५ अगस्त ६ मा यामागुची आफ्नी श्रीमती हिँसाको र नवजात छोरा कात्सुतोसीलाई भेट्न जाने तर्खरमा थिए ।
सद्दाम गिरफ्तारीका गुमनाम नायक
सन् २००३ मार्चमा गठबन्धन सैन्य शक्तिले इराकमा हमला गरी त्यहाँको सरकार अपदस्थ गरेपछि अमेरिकी सेनाले व्यापकस्तरमा एक खोजतलास अभियान सुरु गरेको थियो । यसको लक्ष्य थियो– इराकका अपदस्थ तानाशाह सद्दाम हुसेनलाई पक्राउ गर्नु, जो सत्ताच्युत भएपछि बग्दादबाट भागेका थिए । नौ महिनापछि ‘रेड डन’ को
नाइट क्लबमा आगो लाग्दा सात जनाको मृत्यु
स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो ।
‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ ।
एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक
हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ ।
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा
अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबिच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।
दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै
नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।
मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लुबाट मृत्यु
बर्ड फ्लु लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् ।