तीन चलचित्र प्रदर्शनमा
फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री नि
ढकाल र वाग्लेको ‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’
गीतकार टीकाराम ढकालको शब्द, सङ्गीतकार बिपी वाग्लेको सङ्गीत र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वरमा अत्यन्तै मार्मिक दसैँतिहार विशेष गीत सार्वजनिक भएको छ ।
दसैँमा कार्कीका तीन गीत
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेख्नुभएको ‘फूलको बास्ना सरी’, ‘दसैँ रमाइलो’, ‘आयो दसैँतिहार’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना दर्साइएको ‘फूलको बास्ना’ मा दीपक शर्मा
‘फिरफिरे फिरिरी’ को पोस्टर सार्वजनिक
फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर सार्वजनिक गरेको हो । चलचित्र मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो ।
'भ्वाइस अफ धरान'का विजेता अनिश राई
भ्वाइस अफ धरान–२०८१ को विजेता धरान–१२ का अनिश राई बन्नुभएको छ ।
खोकनामा मनाइँदै सिकाली जात्रा
दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रूपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिव्रmमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।
एस्पीको ‘कता छ स्वर्ग’
कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रोजीको ‘मतिनाया सर्गतय्’
गायिका रोजी डङ्गोल श्रेष्ठको ‘मतिनाया सर्गतय्’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
फासिङ फेसन कार्निभल सम्पन्न
राजधानीको सिलौटो कटेजमा फासिङ फेसन कार्निभल–२०२४ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रमको संयोजन फासिङ फेसन बुटिकले गरेको हो ।
कलाकारको दसैँ
दसैँ हरेक वर्ष परिवर्तित हुँदै गइरहेको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । उहाँका अनुसार अलिकति पाको उमेरकाले दसैँ पुरानो शैलीको भएन भन्ने गुनासो गर्छन् ।
‘मुटुमै गाँसेको साइनो’
टेक बिसीको स्वरमा ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
मानन्धरको एकल साँझ
नेपालभाषाका गायक सत्यनारायण मानन्धरको एकल साङ्गीतिक साँझ कीर्तिपुरमा सम्पन्न भएको छ ।
दसैँमा चलचित्र जुधाइँदै
चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ ।
झ्याउरे लयमा ‘राम्दी मेलैमा’
रामेश्वर ढकालको शब्द/सङ्गीतमा झ्याउरे लयको ‘राम्दी मेलैमा’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामेश्वर ढकाल, शीतल भण्डारी, विनोद अर्याल, लालमाया थापा पुन, सुप्रिम ढकाल र सम्झना रणपालको स्वर रहेको छ ।
सामाजिक सञ्जालमा चलचित्रका क्लिप नराख्ने विकास बोर्डको आग्रह
पछिल्लो समय मोबाइलबाट फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको सङ्ख्या बढेपछि चलचित्र विकास बोर्डले त्यस्तो नगर्न आग्रह गरेको छ ।
सम्झनाको‘आधी बाटो हिँडेपछि’
भारतीय पाश्र्व गायक तथा सङ्गीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको ‘आधी बाटो हिँडेपछि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मसलादार ‘बेहुली फ्रम मेघौली’
अहिले सामाजिक कथामा चलचित्र बन्नु कुनै नौलो कुरा होइन । चलचित्र सानोसंसार, खुस्मा र आँखाले सामाजिक कथा पकडेको थियो । त्यही लयलाई समातेको छ कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चल
‘म्यान अफ दि इयर २०२४’ को उपाधि न्यूरेलाई
पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि कृष्ण न्यूरेले जित्नुभएको छ ।
मनाइयो राष्ट्रिय दिवस
गणतन्त्र कोरियाको राष्ट्रिय दिवसमा राजधानीमा सांस्कृतिक कार्यव्रmम प्रस्तुत गरिएको छ । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित कार्यव्रmममा कोरियाली परिकारसहित सांस्कृतिक विविध मनोरञ्जन प्रस्तुत गरिएको थियो ।
गीतकार वल्लभको सघन कक्षमा उपचार
गीतकार विश्व वल्लभको उपचार अन्नपूर्ण अस्पतालको सघन उपचार कक्षमा भइरहेको छ । आइतबार बिहान उठ्न खोज्दा अचानक ढलेपछि उहाँलाई अन्नपूर्ण अस्पताल पु-याइएको थियो ।
‘म्यान अफ दी इयर’ बने न्युरे
पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दी इयर नेपाल–२०२४’ को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्युरेले जित्नुभएको छ । अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीमध्ये उत्कृष्ट पाँचमा छानिएका न्युरेले विजेता बनेपछि सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । थाइल्यान्डमा हुने ‘म्यान अफ दी इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत न्युरेले पाउनुभएको छ ।
अहिलेसम्म ‘अफर’ आएको छैन : थिन्ले
‘शाम्भाला’ चलचित्रकी नायिका थिन्ले ल्हामोको भूमिकालाई लिएर अहिले चर्चा छ ।
कलाकारको सहयोगार्थ साङ्गीतिक साँझ
गायक रामचन्द्र चन्दको सहयोगार्थ राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको छ ।
रामकृष्णको ‘जीवनको हिसाब’
गायक रामकृष्ण ढकालको स्वरमा ‘जीवनको हिसाब’ गीतको भिडियो आइतबार सार्वजनिक गरिएको छ ।