थला पर्यो जेठो भीम पुस्तकालय
विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीम पुस्तकालय अहिले थला परेको छ ।
जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ।
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
३५ लाख बालबालिका विद्यालय बाहिर
इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ ।
कक्षाकोठामै सुत्छन् विद्यार्थी
दोलखाको भीमेश्वर नगरपालिका–३, देउरालीडाँडामा रहेको भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा आवास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् । आवासीय विद्यालय भए पनि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालयमा आवास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कामधन्दाको मारमा विद्यार्थी
विराटनगर महानगर–पालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्। बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाहजस्ता घटना दोहोरिने गरेको छ। अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगर क्षेत्रभित्र यथावत् नै छ।
बालबालिकाको सकस जाडोमा विद्यालय
काठमाडौँको कलङ्कीस्थित एलआरआई स्कुलको कक्षा २ मा पढ्ने सभ्यता क्षेत्रीको पनि बिहान ८.३० बजेबाट कक्षा सुरु हुन्छ । त्यसका लागि उहाँको घरअगाडि ७:३० बजे नै विद्यालयको बस आउने गरेको छ । चिसोको मौसम भएकाले बच्चा उठ्न नमान्ने, उठेर पनि उठ्ने बित्तिकै केही पनि खान नमान्ने हुनाले हरेक दिन भोकैजस्तो विद्यालय जान बाध्य भएको उहाँकी आमा शारदा क्षेत्री बताउनुहुन्छ । बढ्दो चिसोमा बालबालिकालाई छिटो नै विद्यालय पठाउनुपर्ने बाध्यताका कारण बालबालिका धेरै बिरामी पर्ने गरेको अभिभावकहरूको गुनासो छ ।
फिदिम नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने
पाँचथरको फिदिम नगरपालिकाले आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।
राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउनुभएको छ ।
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ ।
ऐन संशोधनको माग गर्दै शिक्षकले बुझाए ध्यानाकर्षण
शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटले भेरी नगरपालिका समक्ष पाँच वर्ष पहिले निर्माण गरेको स्थानीय शिक्षा ऐनमा कतिपय बुँदा सङ्घीय शिक्षा ऐनसँग मिल्ने हचुवाको भरमा बनाइएकाले ऐन संशोधनका लागी माग गदै ज्ञापन पत्र बुझाएको हो ।
स्नातकोत्तर तहका पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न विद्यार्थीको माग
सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न दिएको अन्तरिम आदेश लागूगर्न विद्यार्थीहरूले माग गरेका छन् ।
बागलुङबाट पाँच हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् ।
डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।
‘शिक्षा ऐन पहिलो प्राथमिकता’
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सङ्घीय शिक्षा ऐन जारी गर्नु आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै मन्त्री खनालले विद्यालय शिक्षासम्बन्धी ऐन नहुँदा थुप्रै काम अघि बढाउन नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हुन त प्राथमिकताका क्षेत्र अन्य पनि थुप्रै छन् तर सङ्घीय शिक्षा ऐन र विश्वविद्यालयसम्बन्धी छाता ऐन मेरो पहिलो प्राथमिकतामा छ।”
सामुदायिक विद्यालय सुधारमा सांसदको चासो
जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ ।
विद्यार्थीका निःशुल्क आँखा परीक्षण
बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो ।
२०८० सालको विद्यालय तहको शैक्षिक सत्र वैशाख १ देखि
आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिनुभयो ।
निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थी बढी
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिनुभयो ।
एसईई सरेन प्रदेशमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि सङ्घबाटै सञ्चालन गर्ने भएको छ। सरकारले २०७६ सालमा जारी गरेको राष्ट्रिय शिक्षा नीतिअनुसार एसईई प्रदेशस्तरबाटै सञ्चालन गर्नुपर्ने हुन्छ तर शिक्षा ऐनले परीक्षा सञ्चालन गर्ने अधिकार आफूहरूलाई नै दिएको तर्क गर्दै बोर्डले सङ्घबाटै परीक्षा सञ्चालन गर्न लागेको हो।
एसइई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका आज (शनिबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।
स्याङ्जामाको काली गण्डकीमा पुस्तकालय सञ्चालनमा
स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो ।
शिक्षाको गुणस्तर सुधारमा राजनीतिक चिन्तनको कमी : शिक्षामन्त्री
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारबारे राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको बताउनुभएको छ ।