पूर्वाधार विस्तारको पर्खाइमा विराटनगर
राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।
समृद्धिको जडी तितेपाती पनि
नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन– अत्तरका रूपमा प्रयोग गरेर आर्थिक समृद्धिको जडी बनाउन सकिने जानकारहरू बताउँछन् ।