हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । यसका लागि रु तीन अर्ब ५६ करोड विनियोजन गरिएको छ।
सरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने
सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।
आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड : अन्डरपास र ओभरपास निर्माणमा तीव्रता
संसद्मा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीव्रता दिइने जानकारी दिनुभयो।
साझा यातायातलाई थप सय वटा विद्युतीय बस उपलब्ध गराइने
सङ्घीय संसदको आजको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप विद्युतीय बस उपलब्ध गराइने बताउनुभएको हो।
बजेट वक्तव्य : छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्नुहुँदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।
कर्मचारीको तलब वृद्धि भएन, महँगी भत्ता ५ हजार
आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब वृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले वृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम हुने
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितलाई वितरण गर्ने जानकारी गराउनुभएको हो।
नेपाल दुई वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताउनुभयो।
स्वास्थ्य बिमाका लागि १० अर्ब विनियोजन
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो ।
सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षित भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो।
सामाजिक सुरक्षामा एक खर्ब नौ अर्ब
सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षामा एक खर्ब नौ अर्ब रुपियाँ खर्च गर्ने भएको छ ।
औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।
एक सय स्थानीय तहमा भूमि बैँक
सरकारले आगामी आर्थिक वर्षभित्र देशभरका एक सय स्थानीय तहमा भूमि बैँक सञ्चालन गर्ने भएको छ ।
प्रदेशमा ३० अर्ब, स्थानीय तहमा दुई खर्ब अनुदान
सरकारले प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि दुई खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा दुई खर्ब ४१ अर्ब ८१ करोड रकम सशर्त विनियोजन गरेको छ ।
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा ७३ करोड
सरकारले स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
दलित समुदायको कला उत्थान गर्न ५० करोड
सरकारले दलित समुदायको कलालाई उत्थान गर्न बजेटमार्फत सम्बोधन गरेको छ ।
निजी क्षेत्रलाई आर्थिक समृद्धिमा जोडिने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रूपमा स्थापित गरिने बताउनुभएको छ ।
कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण
सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
वैशाख मसान्तसम्म तीन सय ३९ मेगावाट विद्युत उत्पादन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको दाबी गर्नुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
अनुपयुक्त आयोजना कटौती गरिने
सरकारले अनुपयुक्त आयोजना कटौती गर्ने भएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अभियान
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यसाथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ ।