राप्रपाले भूकम्प पीडितलाई सांसदको एक महिनाको तलब र २५ लाख रुपियाँ दिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई सङ्घीय सांसद तथा प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।
भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान
पूर्वी नवलपरासीको कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्न नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नवलपुर शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ ।
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताए
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताएका छन् । शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले आकाशमुनी रात बिताएका हुन् ।
भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण
कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहनु भएका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गर्नुभएको छ ।
भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गर्ने
सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने
भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
कुखुराको खोरमा बस्दै भूकम्पपीडित
जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै
दुई दिनभित्र भूकम्प प्रभावितलाई राहत सामग्री पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
भूकम्पको त्रासले खुला आकाशमुनि भूकम्पपीडित
जाजरकोटको सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले खुला आकाशमुनि बसेका स्थानीयहरु ।