रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् ।
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै
भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ ।
२५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास
भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।
अस्थायी आवास निर्माणको काम जारी
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।
प्रदेश सरकारको विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम
कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । एक वर्षको प्रगति विवरण आज सार्वजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
भूकम्पको इपिसेन्टर सिर्पाचौर पुनः निर्माणको पर्खाइमा
जाजरकोटको बारेकोट-१ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौरको बस्ती पुनःनिमार्णको पर्खाइमा रहेको छ ।
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोटमा महिनौँदेखि औषधि अभाव, भूकम्प पीडित समस्यामा
जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् ।