भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा लडिरहन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको हितरक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ।
राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका राजदूतले छुट्टा–छुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।
जबजको आलोकमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा हुन्छ : महासचिव पोखरेल
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान र अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु भएको छ ।
‘किताब जात्रा फेस्टिभल’ आयोजना
नेपाली साहित्य विकास परिषद् युके तथा किताब जात्रा फाउन्डेसनको सह आयोजनामा ‘किताब जात्रा फेस्टिभल’ को दशौँ संस्करण आयोजना गरिएको छ ।
कोरियाको भाषा परीक्षा असोज १ गते हुने
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आउँदो असोज १ गतेदेखि गरिने भएको छ ।
द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन
संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कँदै हुनुहुन्छ ।
एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन भ्रमणमा
नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलसहितको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ । एमाले परराष्ट्र मामिला विभागका सदस्य डा. अन्जान शाक्यले शनिबार राति पोखरेलको टोली चीन प्रस्थान गरेको जानकारी दिनुभयो ।
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
केयर गिभर तालिमका लागि निवेदन माग
वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा काम गर्न जाने श्रमिकका लागि तालिम दिन चाहने संस्थासँग निवेदन माग गरेको छ । विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि विभागले अनुमति लिन १५ दिनको समय दिएर निवेदन माग गरेको हो । जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनुपर्ने सर्त राखिएको छ ।