गैरआवासीय नेपालीको हकहितमा सहकार्य गर्न आवश्यक : सङ्घका अध्यक्ष
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार अमेरिकामा मध्यान्तर निर्वाचन हुँदै
यही मंगलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ जापानको अध्यक्षमा पहरी निर्वाचित
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम
नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ।
भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गर्नुभएको हो। यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।
निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान
निर्वाचन प्रयोजनार्थका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।
देउसी भैलोबाट १० हजार डलर सङ्कलन
अमेरिकामा रहेका नेपालीहरुले देउसी भैलो खेलेर १० हजार डलर सङ्कलन गरेका छन् ।
प्रमुख आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच बुधबार भेटवार्ता भएको छ ।
होण्डा मोटरले नयाँ होण्डाजेट एलिट-२ सार्वजनिक गर्दै
जापानको होन्डा मोटर कर्पोरेसनले आफ्नो साना व्यवसायिक विमान होन्डा जेट एलिट–२ को नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।