चथाः पर्व मनाउने परम्परा
उपत्यकामा ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ। भाद्र शुक्ल चतुर्थीको अवसरमा बुधबार बिहानै घर चोख्याएर दुबो, लड्डु र मूलासहित भगवान् गणेशजीको पूजा गरिन्छ। साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ। संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादका रूपमा खाने चलन रहेको जानकारी दिनुभयो। उहाँले यो चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता रहेको जानकारी दिँदै भन्नुभयो, “एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोका लगाउँछन् र लुकेर पूजा गर्छन्। अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन्। चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन्।”
‘सामाजिक सञ्जालमै तीज रमाइलो’
समय र परिस्थितिसँगै हाम्रा चाडवाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ ।
आज गणेश चौथी मनाइँदै
आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् ।
मनाइयो तीज : पशुपतिमा करिब सात लाख दर्शनार्थी
काठमाडौं, भदौ १४ गते । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन्।मंगलबार साँझ सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिनुभयो। बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उहाँले सुनाउनुभयो। भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन्। पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन्। पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुकरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरूको मत छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्। तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन्। आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन्। सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन्। रासस
मखनको सानो पशुपतिमा दर्शनार्थीको भीड (फोटो फिचर)
काठमाडौं, भदौ १४ गते । हरितालिका तीजको अवसरमा मंगलबार काठमाडौं मखनमा रहेको सानो पशुपतिमा दर्शनार्थीको भीड लागेको छ। देशभरका शिवालयमा जस्तै पशुपतिनाथ मन्दिरमा जान नपाउनेहरु मखनमा रहेको सानो पशुपतिमा पुगेर पूजा आजा गर्दै शिवजीको दर्जन गरेका हुन्। तस्बिर : मनोजरत्न शाही
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गर्नुभएको छ।
मिथिला क्षेत्रमा चौरचन र तीज पर्व मनाइयो
सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका छन्।
त्रिवेणीदेखि बडिमालीकासम्मको यात्रा (फोटो फिचर)
बडिमालिका माईको थाकथलोमा जान कालीकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
कलाकारको तीज, अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषतः महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ ।
पशुपतिमा दुई हजार ४०० सुरक्षाकर्मी परिचालित
पशुपति मन्दिर परिसरमा भएकाे तीज कार्यक्रमकाे लागि दुई हजार ४०० प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मंगलबार विहानैदेखि पशुपतिनाथ क्षेत्रमा एक हजार २०० पहिलो सिफ्टका प्रहरी कर्मचारी तैनाथ छन् ।
अपाङ्गता भएका महिलाहरूले यसरी मनाए तीज
माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’
शिवजीको आराधना : श्रीमानको लामो आयु र सुयोग्य वरको कामना
तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।
पशुपतिमा बिहानैदेखि तीजका व्रतालुको भीड
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
बौद्ध तान्त्रिक विधिसहित १०८ कुमारीकाे पूजा
वसन्तपुर डबलीमा सोमबार सामूहिक कुमारी पूजाको आयोजना गरिएको छ । श्रीश्रीश्री कुमारी भवानी १०८ कन्यापूजा सेवा समिति भक्तजन परिवारद्वारा आयोजित सामूहिक कन्या पूजा समारोहमा एक सय आठ जना कन्या र दुई जना कुमारको सहभागिता रहेको थियो । समितिका अध्यक्ष दुर्गा शाक्यले वि.सं. २०६४ देखि हरेक वर्ष भदौ महिनाको द्वितीय तिथि पारेर समितिले एक सय आठ कन्याको सामूहिक पूजा आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेवार समुदायमा बौद्ध तान्त्रिक विधिसहित कुमारी पूजा गर्नाले सुखशान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउनुभयो ।
महिला स्वतन्त्रताको प्रदर्शन गर्ने दिन तीज
तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरका रूपमा बुझ्छौँ । यस अवसरमा चेलीहरू माइत जान्छन् । रातो, हरियो, पहेँलो रङको पहिरनमा सजिएर उपवास बसेर नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीज धुमधामका साथ मनाउने गर्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि यो व्रत बस्ने गर्छन् । अविवाहित महिलाहरू भने आफूले चिताएजस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्ने गर्छन् ।”
मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै
मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौरचन पर्व आज एकै दिन परेको छ ।
तीज व्रतमा छैन लिङ्ग विभेद
महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ ।
धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउनेः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तीजको रमाइलो आयो वरि लै...
पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै ।
कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज
तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला शुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् ।
व्रतमा पानी र जुस खान पोषणविद्को सुझाव
तीज हिन्दू नारीहरूको महत्वपूर्ण चाड हो । यो पर्व तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ
व्रत बसेर अटवारी पर्व मनाउँदै थारु समुदाय
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।
तीजले विकृति पनि फैलायो, यो रोक्नुपर्छ
नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।