भैरव रिसालको संकलित रचनाको संग्रह सार्वजनिक
शनिबार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो।
सांस्कृतिक संस्थानमा दीक्षान्त
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
अर्धसत्य [कथा]
“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” “तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई
शिक्षाको ज्योति छर्ने माइला दाइ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
न्युजिल्यान्डका माओरी
“त्यो बेलाका अधिपति अहिले कङ्गालपति !” माओरीहरू देखाएर निरूले भनेकी थिइन् । पामिस्टान नर्थको एउटा मलमा हामी लुगा किन्न पसेथ्यौँ, त्यहीँ देखिएथे माओरीको निकै ठुलो हुल । साना केटाकेटी, बुढाबुढी र तरुनातरुनीको बगालले मलमा कल्याङमल्याङ चर्कै देखिन्थ्यो । न्युजिल्यान्ड टेकेदेखि नै माओरी शब्द सबैका मुखले भट्याइहाल्थे । माओरी यस्ता, उस्ता, फलाको हालिहाल्थे सबै जना । विलिङटन सहरमा उत्रेलगत्तै सिबी दाहालले भनेको सम्झिरहेको छु, “देश गुमाएर तन्नम छन् तर पनि राजसी ठाँट उस्तै छ ।”
पर्यटकीय स्थल तिम्बुङ पोखरी
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
विज्ञान ज्ञाताको साहित्यिक मोह
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
सोमरस के हो ?
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए
विकलका समग्र कृति सार्वजनिक
नेपाली साहित्यका अमर सर्जक स्व. रमेश विकलका ग्रन्थ तथा फुटकर रूपमा प्रकाशित कृतिको एकीकृत सङ्ग्रह शुक्रबार सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विकलका नाटक, कथा र उपन्यास विधालाई एकीकृत सङ्ग्रहका रूपमा ल्याइएको हो ।
व्यासासनबाट कृष्ण दमाईंको सन्देश
पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ ।
दाहाल यज्ञनिधि सम्मान इतिहासकार स्वर्गीय ज्ञानमणि नेपाललाई
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि पुरस्कार-२०८१ इतिहासकार एवम् साहित्यकार स्वर्गीय ज्ञानमणि नेपाललाई प्रदान गरिएको छ।
स्याङ्जामा खुला कविता प्रतियोगिता हुने
पुतलीबजार नगरपालिका १ मा कविता महोत्सव “खुला कविता प्रतियोगित २०८१” हुने भएको छ ।
कीर्तिपुरमा कला प्रस्तुति
कीर्तिपुर नगरव्यापी सङ्गीत महोत्सव ११४४ बिहीबार सम्पन्न गरिएको छ । कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा बिहीबार ४० जना कलाकारले विभिन्न भाषामा गीत र नृत्य देखाएर प्रस्तुत गर्नुभएको छ ।
सुशासन प्रत्याभूत भएमात्र दिगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताउनुभएको छ ।
छोडवा (कथा)
बिहानदेखि बाहिर निस्केको छोरा मध्य दिन हुँदा पनि फर्केको छैन । अरू दिन बिहानै बाहिर निस्के पनि सामान्यत ऊ खाने खाने समयमा फर्कन्थ्यो । तर आज मध्य दिन भइसक्यो कहाँ गयो होला ? परिवारका
व्यथित काव्य सम्मान लोहनी र उप्रेतीलाई
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।
नाटकमा सामाजिक आन्दोलन
नेपाली रङ्गमञ्चमा पछिल्लो समय मञ्चनको उभार आएको छ । २०६२/६३ पछिको जातीय, भाषिक र सांस्कृतिक जागरणले नेपाली रङ्गमञ्चसमेत ऊर्जामय बनेको पाइन्छ । रङ्गमञ्चमा पछिल्ला समय मञ्चन भएका नाटकका विषयवस्तु नियाल्दा यिनै तथ्य भेटिन्छ । गत वर्ष मण्डला थिएटरमा तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ निकै चर्चित रह्यो । सो नाटकलाई चलचित्रकर्मी बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गर्नुभएको थियो । गत वर्ष इँगिहोपो कोइँच सुनुवारको निर्देशनमा नाटक ‘दमिनी भिर’ मञ्चन भएको थियो । यी दुई नाटकले दर्शक, राम्रो चर्चा सँगसँगै आम्दानी पनि बटुल्न सफल भएका थिए ।
बयालिस वर्षपछि फर्काइयो नागराज
काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।
फरेन चप्पल (कथा)
जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो ।
काउन्सिलमा ‘मित्रता’
नेपाल–युरोपेली सङ्घबिच सम्बन्ध स्थापित भएको ५० औँ वर्षगाँठसम्मको सहयात्रा झल्किने फोटो ‘मित्रता’ शीर्षकमा प्रदर्शनी भइरहेको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि प्रदर्शनी थालिएको हो । नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराका अनुसार नेपाल र युरोपेली सङ्घको सम्बन्ध सन् १८५१ मा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गर्नुभएसँगै युरोपसँगको कूटनीतिक सम्बन्ध सुरु भएको हो ।
साहित्यकार गैरेको 'मोहोर' विमोचन
कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ ।
प्रा. सुवेदीको जन्मजयन्तीमा विशेष कार्यक्रम : श्रेष्ठ र थापालाई सम्मान
प्रा. राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गर्दै उहाँको सम्झना गरिएको छ।
रहस्य (कथा)
एउटा सानो कुरालाई लिएर पनि उनीहरू विभुको बहिष्कार गर्थे । सम्पूर्ण बहिष्कार । कक्षामा कसैलाई ऊसँग बोल्न दिँदैनथे । साथीहरूले उसको दुःख नबुझिदिएकोमा विभु झन् दुःखी हुन्थ्यो । घरबाट आमाले अर्ती दिएर पठाउँथिन्, “साथीहरूसँग मेल राख्नू । झगडा नगर्नू ।” साथीहरू थिए तर ऊसँग मेल राख्न नखोज्ने । उसलाई सताइरहने । सताउने उपाय उनीहरूको अत्यन्त अनौठो हुन्थ्यो । भन्थे, “विभु, जा आज तँ सजिलो काममा परिस् । भोलि तैँले हाम्रो होमवर्क गरेर ल्याउनू ।” यो पनि कुनै सजिलो काम थियो ? उसले साथीहरूलाई भन्थ्यो, “घरमा आमालाई सघाउनु पर्छ ।” उनीहरूले भने, “तेरी आमा हाम्रो घरमा काम गर्ने त हो । हामीले भनेका छौँ भनेपछि तेरी आमाले पनि गरिदे न त त्यति होमवर्क भन्ने त हो । अनकन नगर । नत्र तँ हामीभन्दा बाहिर हुन्छस् ।”
आकृति (कविता)
म तिम्रो आकृति तस्बिर, कला, प्रतिमामा आए पनि सौन्दर्य र सुवासमय आओस् भन्छु ।