नौ अगुवालाई ‘पोखरेली नवरत्न’
देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
कवितासङ्ग्रह विमोचनसँगै स्रष्टा संवाद
कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ को विमोचन गरिएको छ । कृतिको मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान
पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ।
संसद् भवनअगाडि ‘जेनजी बलिदानी छाप’ चित्र
कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने कलाकार रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो । कलामा प्रायः नयाँ प्रयोगका कुरालाई सर्वसाधारणमाझ ल्याउन रुचाउन हुने कलाकार श्रेष्ठले यस पटक बिल्कुलै भिन्न तरिकाको क्यानभास सर्वसाधारणमाझ पस्कन खोज्नुभएको छ । जेनजी पुस्ताको बलिदानीले देशमा के कस्ता उथलपुथल भए भन्ने त जगजाहेर नै छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार तीन जनालाई
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
काव्य साँझमा गुन्जिए डा. लम्साल
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो ।
गीत सोतीको, कमाइ अर्कैको
‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युब च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरि अपलोड गरेको त्यही गीत चार करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युब च्यानलबाट ४७ लाख, प्रशन्न बिसी नामको च्यानलबाट अपलोड भएको त्यही गीत २२ लाख पटक हेरिएको छ ।
खकुरेललाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्य सर्जक र सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । कवि दैवज्ञराज न्यौपानेको ८४ औँ जन्मजयन्ती र १४ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिएको हो ।
गण्डकी प्रदेशको ‘न्यायिक समिति दर्पण’ विमोचन
बागलुङ नगरपालिकाले गण्डकी प्रदेशका ८५ स्थानीय तहको तथ्याङ्क समावेश गरिएको ‘न्यायिक समिति दर्पण’ प्रकाशित गरेको छ ।
हिमालयन रिम चलचित्र प्रदर्शनी सुरु
हिमालयन रिम चलचित्र प्रदर्शनी आइतबार सुरु भएको छ । प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो । तीन दिन चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ राखिएको छ । प्रदर्शनी कार्यक्रम हिमालयन रिम फिल्म एक्जिभिसनले पहिलो पटक आयोजना गरेको हो ।
जकःमिलाई नेपाः रत्नको उपाधि
नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई नेपाः रत्नको उपाधिसहित सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल कला संस्कृति उत्थान समाजद्वारा कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा आयोजित सार्वजनिक अभिनन्दन समारोहमा लोककवि जकःमिलाई ध्वाकासी दाफा खलः लगायतका धिमे बाजा बजाएर नगरवासीको सहभागितामा कीर्तिपुर नगर परिक्रमा गराइएको थियो ।