गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी
मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
टी-२० विश्वकपमा छनोट भएमा नोबेले १५ लाख दिने
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ठ १५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ ।
मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।
नेपाल र मलेसिया भिड्दै
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
ओमान र हङकङ विजयी
आइसीसी टी – २० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् ।
सबै खेल फाइनल सरह हुनेछन् : कुशल भुर्तेल
नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप छनोट : युएई विजयी
आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ ।
नेपालको विजयी सुरुआत
कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार सुरुआत गरेको छ ।
बिनोङ बुटवल लुम्बिनी एफसीमा
बुटवल लुम्बिनी फुटबल क्लबले सोमबार दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि क्यामरुनी स्ट्राइकर स्टेफेन समीर बिनोङलाई आबद्ध गरेको छ ।
नेपाललाई १४६ रनको लक्ष्य
आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको उद्घाटन खेलमा सोमबार सिङ्गापुरले घरेलु टिम नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
पिपिएलको दोस्रो दिन आज तिन खेल हुँदै
बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)मा तीन खेल हुने छन् ।
नेपालसमक्ष टी–२० विश्वकप खेल्ने अवसर
आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दै छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने छ ।
नेपालसमक्ष टि–२० विश्वकप खेल्ने राम्रो अवसर
आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ ।
विश्वकपमा क्वालिफायर हुनु एकमात्र लक्ष्यः कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफुहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ ।
प्रथम उपमेयर कप छात्रा लिग क्रिकेट हुने
पुतलीबजार नगरपालिका–१ मालेबगरमा प्रथम उपमेयर कप रनिङ शिल्ड अन्तर विद्यालय छात्रा लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
टी-२० विश्वकप छनोटमा खेल्ने, नेपाल टिमको चयन
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषित टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ ।
रोयल किंगले जित्यो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल
पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल रोयल किंगले जितेको छ । रोयल किंगले ३४ रनले खेल जितेको हो । सात बाघले टस जितेर फिल्डिङ रोजेको थियोे ।
युएइलाई त्रिदेशीय टि २० शृङखलाको उपाधि
संयुक्त अरब इमिरेट्सले शुक्रबार आयोजक नेपाललाई रोमाञ्चक खेलमा चार विकेटले हराएर त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधि हात पारेको छ ।
विद्यालयको खेल मैदानमा रंगशाला निर्माण गरिने : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानमा चाँडै रंगशाला निर्माण गर्ने बताउनुभएको छ ।
यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो
मलेसियामा भएको एसी सी यु–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
नेपालले जित्यो एसिसी यू १९ प्रिमियर कपको उपाधी
नेपालले एसिसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।
नेपाल पाँच विकेटले विजयी
राजधानीमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ ।
हङकङलाई हराएर युएइ फाइनल नजिक
त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (युएइ)ले आइतबार हङकङलाई छ विकेटले हराएर फाइनलमा खेल्ने सम्भावना बलियो बनाएको छ ।