पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह
नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।
नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य
राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर हुनुपर्ने व्यवस्था छ ।
तस्बिरमा सीता दाहालको बिदाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि : प्रधानमन्त्रीद्वारा दागबत्ती
नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुहुँदा छोरी रेणु र गङ्गा दाहाल साथमा हुनुहुन्थ्यो ।
शोकमग्न पेरिसडाँडा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसँगिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
सीता दाहालको सङ्घर्षमय जीवनयात्रा
सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
भारतले धौलीगङ्गा बाँध खोल्दा महाकालीमा बाढी
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ। भारतले बिहान ५ बजे बाँध खोलेको हो। बाँध खोलेसँगै महाकाली नदीमा आएको बाढीले भारततर्फ नदी किनाराको एक घर बगाएको छ। बाढीले दार्चुलापारि भारततर्फको धारचुलाको बस्तीसमेत कटान गर्न थालेका छ। महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि नेपालतर्फको बैतडी र दार्चुलाका बस्तीमा समेत क्षति पुग्ने सम्भावना छ। भारततर्फ नदीले जमिन कटान गर्न थालेको छ।
दुःखमाथिको दुःख! पतिवियोगकै बेला दुई छोराको निधन
‘मुकुन्द–इन्दिरा’ नाटकमा नाट्यसम्राट बालकृष्ण समले मुख्य पात्र इन्दिराद्वारा बोलाएको श्लोक समाजमा कहिलेकाहीँ साँच्चिकै चरितार्थ हुन्छ। त्यस्तै पीडादायी घटना कपिलवस्तुकी गीता भुसालमाथि घटेको छ।
सहकारीका पदाधिकारी कारागार चलान
पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सेयर सदस्य तारा खड्कासहित ९८ जना बचतकर्ताले दायर गरेको मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको हो। सहकारीका पदाधिकारी तथा कर्मचारीले ७४ लाख १९ हजार ८०७ रुपियाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो।
मिटरब्याज पीडित समस्या समाधान आयोगको समय तीन महिना थप
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन भएको आयोगको समय तीन महिना थप गरेको छ।
मन्त्रिपरिषद् निर्णय : हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।
काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै
सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ ।
सोलुखुम्बु हेलिकोप्टर दुर्घटना : छ जनाको शव काठमाडौं ल्याइँदै
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ ।
पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची
गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिव १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले बताएका छन् ।
भक्तपुरमा अस्पताल बनाउन कोरियाद्वारा ९.५ मिलियन अमेरिकी डलर सहयोग
गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो ।
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ ।
कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून
कोरोना बीमा दावि भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन ।
छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
भैँसे–भीमफेदी सडकको कामले गति लिँदै
क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।