उपकुलपतिमा गैरआवासीय नेपालीको प्रस्ताव
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ । समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो ।
जहाज खरिदमा तीन कम्पनीको चासो
नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।
ठुला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो ।
नयाँ डिजाइनपछि ग्वार्को फ्लाइओभरको काम द्रुत गतिमा
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएपछि केही महिना अघिदेखि रोकिएको ग्यार्को फ्लाइओभर (अण्डरपास) को काम अहिले भने द्रुत गतिमा अघि बढेको छ ।
आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय सूचना आयोगले पन्धौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
जीर्णोद्धारपछि मकवानपुरगढी ....(फोटो फिचर)
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्मको सहुलियत दिने व्यवस्था गरेको छ। विपन्न नागरिक औषधि उपचार निर्देशिका २०८० मा मिर्गौला प्रत्यारोपण लागि चार लाख सम्मको सहुलियत दिने व्यवस्था गरेको हो।
पूरा हुँदै घरको रहर
तीन जना नाबालक छोरा–छोरी साथ लिएर जीर्ण छाप्रोमा बस्दै आउनुभएकी फिदिम ५ की कोपिला सिवा अघिल्लो वर्ष बर्खाभर निदाउनु भएन । पानी पर्दा उहाँको घरमा छिरेर, छोरा–छोरी भिज्थे,ओछ्यान र अगेनो जोगाउन धौ–धौ पर्थ्यो । हिउँदमा ठिहि लाग्ने सिरेटो र शीत लहरले रातभर कठ्याङ्ग्रिनु पर्थ्यो । ‘नयाँ’ घर बनेकाले यो वर्ष पहिले जस्तो दुःख भएन, केटाकेटी लिएर मस्त निदाउन पाएकी छु घाम पानीको पिरलो नभएको’–उहाँले भन्नुभयो ।
रोजगारीका लागि युरोप जाने बढे
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।
तोरी फुलेर किसानका खेत पहेँलपुर (फोटो फिचर)
कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
साढे चार वर्षमा आधा काम पनि सम्पन्न भएन
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन ।
छोरा मरे न्याय मरेन : अदालतको प्रवेशद्वारमा फूल वर्षा
'न्याय मरेको छैन' भन्ने सन्देश रुकुमपश्चिमको जिल्ला अदालतले दिएको छ । अदालतले मङ्गलबार गरेको फैसलाको स्वागत गर्दै पीडित परिवारले बुधबार बाजागाजासहितको र्याली निकालेका छन् र अदालतको प्रवेशद्वारमा ढोगेर फूलमाला पनि बर्साएका छन् ।
देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ ।
सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ ।
एक गिलास पानीको मूल्य १३० : पर्यटकमाथि लुट
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो ।
चिनीको अभाव केही दिनमै समाधान हुने
बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरी चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन
कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो ।
प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ ।
एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।