बाख्रा पालनले गुजारा चलाउने गाउँ सहिदभूमि
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ सफाइ टारका किसान सोमनाथ खड्काले खोर भरी खरी, जमुना पारी र बोयर जातका बोका बाख्रा पाल्नु भएको छ । आम्दानीको अन्य विकल्प नदेखे पछि बाख्रा पालनमा लाग्नुभएको खड्काले वार्षिक बाख्राबाट मात्रै ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।
तरलता अभाव झेल्दै सहकारी
यतिबेला बैङ्क तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा सरेको छ । बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत आउन कम भएको हो । केही ठूला सहकारी संस्थामा समस्या आएपछि धेरै बचतकर्ता एकै पटक रकम फिर्ताका लागि आउन थालेपछि एकपछि अर्को गर्दै सहकारी संस्था समस्यामा पर्न थालेको सञ्चालकले बताउन थालेका हुन् । सामान्यतः सहकारी संस्थामा १५ देखि २० प्रतिशतभन्दा बढी तरलता राखिँदैन । तर, त्योभन्दा बढी रकमका फिर्ता गर्नुपर्ने अवस्था आएपछि समस्या देखिएको राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईंले बताउनुभयो ।
सम्पत्ति शुद्धीकरण महाशाखा स्थापना हुँदै
अब नेपाल राष्ट्र बैङ्कमै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएको छ । राष्ट्र बैङ्कले शुक्रबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जनाएको हो । महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुने राष्ट्र बैङ्कले जनाएको छ ।
सातौँ म्याग्दी महोत्सव पुस २८ मा हुने
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।
बैङ्कको चर्को व्याजविरुद्ध विरोध प्रदर्शन
धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् ।
चार अर्ब मुद्दतीमा राख्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई रकम बाँडफाँटसमेत गरेको छ । उपदान तथा पेन्सन कोषको रकमबाट वाणिज्य बैङ्कमा दुई अर्ब ४३ करोड, विकास बैङ्कमा ४५ करोड र १५ करोड रुपियाँ वित्त कम्पनीमा राख्ने गरी सूचना जारी गरिएको छ ।
दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
हराउँदै गुन्द्री बुन्ने पुर्ख्यौली सीप
पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुटाएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ ।
ग्राहकको पहिचान हुन नसके खाता नखोल्न निर्देशन
अब बैङ्क तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैङ्कलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।