चाडपर्वको मुलुक हो नेपाल । बहुजाति, भाषा, धर्म र संस्कृति भएको नेपालमा हरेक महिना चाडपर्व परेकै हुन्छ । दसैँपछि तिहार र छठले नेपाली समाजको मनोविज्ञान पर्वमय बनेको छ । तिहार नेपालको मौलिक चाड हो ।