पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखालाका बिरामी बढ्न थालेका छन् । अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ जना झाडा पखालाका बिरामी उपचाररत छन् ।
दुई महिना अगाडि काठमाडौंका २७ वर्षीय पुरुष टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो । शिक्षण पेशामा आवद्ध उहाँलाई एक महिना पहिला कुकुरले टोकेपछि अस्पताल भर्ना हुनुभएको परिवारले बताएको छ ।
रक्तदाता राजेन्द्र श्रेष्ठले जेठ २८ गते रक्तदान गर्नुभएसँग उहाँले आफ्नो जीवनमा एक सय पटक रक्तदान गरिसक्नु भएको बताउनुभयो । श्रेष्ठले २०४९ सालमा पहिलो पटक रक्तदान गर्नुभएको थियो ।
गर्मी मौसम सुरुभएसँगै बालबालिकामा संक्रमणजन्य रोग देखिन थालेका छन्।
नेपालमा गर्मी महिना सुरु भएदेखि सर्पदंशका बिरामी बढ्न थालेका छन् । यो आर्थिक वर्षमा यथार्थ तथ्यांक नभए पनि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गर्मी महिना सुरु भएदेखि दैनिक जस्तो सर्पले टोकेका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकृत नवराज गौतम जानकारी दिनुहुन्छ ।
लामो समयदेखि काठमाडौं उपत्यका सहितका मुख्यमुख्य सहरमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । बेलाबेलामा फोहोर व्यवस्थापन नहुँदा सहर कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष-अपत्यक्ष रुपमा गम्भीर असर पर्ने गरेको छ ।
जाडो मौसममा भन्दा गर्मी मौसममा रुघाखोकीदेखि अन्य सङ्क्रमणजन्य रोगहरु बढी फैलने गरेको चिकित्सकहरु बताउँछन् । सोही अनुरुप नेपालमा गर्मी मौसम सुरु भएसँगै विभिन्न सङ्क्रमणजन्य रोगको सङ्क्रमबाट बिरामीहरु अस्पताल पुग्ने गरेका छन्
मनसुन सुरुभएदेखि देशभरका विभिन्न जिल्लामा कीटजन्य रोग देखिन सुरु भएको छ । तराई क्षेत्र तथा अत्याधिक गर्मी हुने ठाउँमा ठाउँमा कीटजन्य रोगको संक्रमण पनि बढी पाइन्थ्यो । तर, विभिन्न कारणले पछिल्लो समयमा उच्च पहाडी र हिमाल क्षेत्रमा समेत लामखुट्टे फैलन थालेपछि थप जोखिम बढेको सरोकारवाला बताउँछन् ।
सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । र, नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
हरेक वर्ष सूर्तिजन्य सेवनबाट २७ हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
अर्थमन्त्री जर्नादन शर्माले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अथर्मन्त्रीले यस्तो जानकारी दिनुभएको हो ।
चिकित्सकका अनुसार महिलाको गर्भाशयमा भएको रगत योनीबाट निष्कासन हुने प्रक्रियानै महिनावारी हो । महिनावारी भनेको एउटा केटीको शारीरिक रुपमा परिपक्क भएको जानकारी दिने एक प्राकृतिक प्रकिया भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा कीर्तिपाल सुवेदी बताउनुहुन्छ ।
पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ ।
सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
काठमाडौं, जेठ १० गते। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने जानकारी दिनुभएको हो। नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकलाई वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने, स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइएको राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो। प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने, डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्ने, सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी, औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने। स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाइएको छ। सबै अस्पतालमा सामाजिक सेवा एकाई स्थापना गरेर एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइने, पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ। ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने, जनस्वास्थ्यका कार्यक्रममार्फत् रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवम् सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टिकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ। शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने, विशिष्टिकृत स्वास्थ्य प्रयोगशाला गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिने पनि उक्त कार्यक्रमा उल्लेख गरिएको छ। कार्यक्रममा देशभित्रका प्रयोगशालामा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइने। नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एंव क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गरिने। नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिनेछ। आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन तथा औषधि जन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिनेछ। नेपाली औषधि उत्पादकको उत्पादन क्षमता वृद्धि गरी औाषधि सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याएर जैविक औषधिको प्रतिरोधलाई न्यून गरिने कार्यक्रमा उल्लेख गरिएको छ।