आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने चलन रहिआएको छ । ठूलठूला थुंगासहितको सयपत्रीका माला अन्य मालाभन्दा आकर्षण देखिने गर्छ । भाइटीकामा मात्रै होइन, तिहारमा लक्ष्मीपूजा, कुकुरपूजा, गाईपूजा, गोवर्धनपूजामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । त्यस्तै घर कार्यालयमा शुभ कार्य गर्दा होस् वा कार्यालय वा घर सजाउन पनि सयपत्रीको माला प्रयोग गरिन्छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो । भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि रोटी, मिठाइ, भाइ मसला लगायत उपहार दिने चलन छ ।
शरीर लाखौँ कोषिका मिलेर बनेको हुन्छ। चिकित्सकका अनुसार शरीरमा भएका कोषिका अनियन्त्रित र विभाजित भएपछि क्यान्सर हुने गर्दछ। क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले स्तन क्यान्सरका कोषिका अनियन्त्रित भएर विभाजन भएमा स्तन क्यान्सर हुने बताउनुहुन्छ।
नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनपछि लागेको रोगले ७५ जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, द युनियन लगायतका संस्थाको संयुक्त रूपमा आयोजना गरेको “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारको जिम्मेवारी” सम्बन्धी कार्यक्रममा बोल्दै विज्ञले नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुने जानकारी गराउनुभएको हो।
नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
दशै भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।
दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने चाड भन्ने आमबुझाइ छ । दशैंको बेलामा सबैभन्दा बढी खपत हुने भनेको मासुजन्य पदार्थ नै हो । दशैंमा आ–आफ्नो गच्छअनुसार सबैका घरमा मासु पाक्ने गर्छ । दशैंको मौकामा विभिन्न मासुका प्रकार बनाएर खाने गरिन्छ । तर ध्यान दिनु पर्ने कुरामा विचार गरिदैन । त्यसले स्वास्थ्यमा प्रतिकुल असर पनि गर्छ ।
सामान्य मासु दैनिक घरमा पाके पनि दशैंको समयमा घरमा सिङ्गै खसी काटेर लामो समयसम्म त्यही मासु खाने चलन बढ्दै गएको छ।
प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस, चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ ।
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या भएको अनुमान गरिएको छ।
उच्च रक्तचाप,मधुमेह र उच्च कोलेस्टेरोलको बच्नुनै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले यदि कसैको बलड प्रेसर माथीको १४० माथी छ र तलको ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथी छ पहिचान गरि उपचार गर्न आवश्यक छ ।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको कारण ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
करिब देशभरी आक्रमक रुपमा फैलिइरहेको डेंगूका विरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरुको भनाइअनुसार डेंगु झन कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरुको भनाइ छ ।