नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ पाँचौँ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ ।
अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ ।
बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि साइपालमै फलेको ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ ।
काठमाडौँको वसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ ।
नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो ।
विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवम् सम्मानित गरिएको छ ।
वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ ।
मङ्गलबार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ ।
नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।