देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो ।
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने भएको हो ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।
नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो ।
यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।
नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय गरिएको छ ।नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन÷सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।
शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ ।
दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन ।
आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो ।
सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।