चितवनको इच्छाकामना–४ घोप्टेभीरमा बुधबार दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गर्नुभएको छ ।
खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश बासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेर ९६ हजार ५ सयमा आएको छ ।
भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ ।
रुकुमपूर्वमा भूम्या पर्वको रौनक छाएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३१ र आज सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ । आज रुकुमपूर्व र रोल्पामा भूम्या पर्वकै अवसरमा सार्वजनिक बिदा छ ।
सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ”, कमलाले भनिन् ।
म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”
अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् । वर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ ।
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।
राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताउनुभएको छ ।