राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ ।
गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो ।
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो“ परियोजनाले चाँगुनारायणवासीको घरघरमा खानेपानीको धारा, खेतखेतमा सिँचाइ , विद्युत् उत्पादन र पर्यटनको विकास गर्ने लक्ष्य लिएको छ । ”
बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ । मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।
मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन ।
काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।
शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताउनु भएको हो ।
गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयबासीको पीडा बेग्लै छ । बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन् । गत वर्षको बाढीले बढी क्षति पुर्याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन ।
काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।