प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो ।
प्रतिनिधिसभाको आइतबारको बैकठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
कैदीबन्दीलाई प्रजनन अधिकारको व्यवस्थासहित ल्याइएको कारागार व्यवस्थापन विधेयक मौलिक हक र मानवअधिकारको सम्मानका दृष्टिले महत्वपूर्ण रहेको औँल्याइएको छ ।
बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जानुहुन्छ ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।
कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।
फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।
सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला पाँच सय रुपियाँले बढेको हो ।
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताउनुभयो ।
आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भन्नुभयो, “यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।”
बाख्रा चराउने क्रममा हराएकी सिराहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।