दक्षिण कोरियामा गत २४ घण्टा अर्थात् बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
मलेसियामा पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घण्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।
पाकिस्तानको दक्षिणी दादु जिल्लामा ७० भन्दा बढी घरमा आगलागी हुँदा बालबालिकासहित नौ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।
चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।
अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ ।
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो ।
काबुल, वैशाख ५ गते । अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो ।अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो ।गतवर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए । यहाँको तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन् ।जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ ।
बेइजिङ, वैशाख ३ गते । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् ।यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ ।चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ ।सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं ।” यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल हुनुभएको थियो । प्रक्षेपण नजिकिंदै जाँदा, मिशनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो । याङले शेन्झाउ–५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गर्नुभएको थियो । चीनले त्यसबेलादेखि सातवटा चालक दलका मिशनहरू सुरु गरेको छ ।
नयाँदिल्ली, वैशाख २ गते । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर चार करोड ३० लाख ३९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप छ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या पाँच लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय सङ्ख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ । हालसम्म चार करोड २५ लाख सात हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।