अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ ।
अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ ।
अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ ।
अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच भेटवार्ता भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ ।
सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।
हालैका दिनहरुमा युक्रेनमा जारी रहेको सङ्कटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न सङ्कट पर्न सक्ने संयुक्त राष्टसङ्घले जनाएको छ ।
माथिल्लो सदनका सदस्यहरु छनाेटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।
मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।