• ८ पुस २०८१, सोमबार

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

blog

संयुक्त राष्ट्रसङ्घ, वैशाख ६ गते । संयुक्त राष्ट्रसङ्घले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।

युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ ।यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यता अनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायाता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गर्नुभएको हो ।यहाँका कतिपय सहरमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको हो । ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदायसमक्ष उहाँले आग्रह गर्नुभएको हो ।