पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्युभएको छ । उहाँको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ ।
नेपालले उज्बेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
फिल्म 'बहाव' ले थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा गरेको छ । बुटवल बस्दै आउनुभएकी विद्या न्यौपानेले थाइल्याण्ड घुम्ने अवसर पाउनुभएको हो ।
बाँकेको नेपालगञ्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनु पर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री एनपी साउदले दक्षिण कोरियाको जनबुक नेसनल युनिर्भसिटीका प्राध्यापक ह्याक योङ किमलाई सम्मानित गर्नुभएको छ ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ ।
नेपालको संविधान २०७२ अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले शासन प्रशासन चलाइरहेका छन् । विसं २०६२÷६३ अघिको केन्द्रिकृत एवं एकात्मक राज्य व्यवस्थामा केन्द्र र स्थानीय तहले दिने सरकारी सेवासुविधाका बारेमा सर्वसाधारण जानकार रहे पनि प्रदेश तहको सरकारले गर्ने काम कारबाहीबारे भने नयाँ अनुभव हो ।
फिल्म 'देव वाणी'को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो ।
सङ्घीय संसदमा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत 'साहुकी छोरी'को भिडियो सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताउनुभएको छ ।