नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य बिमा बोर्डले पठाउनुपर्ने भुक्तानी समयमा नपठाउँदा सेवा प्रवाहमा समस्या आउने भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।
जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबारबाट चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार, छठ पर्वलगायतका चाडपर्व लक्षित सुरक्षा योजना जसअन्तर्गत आजदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।
देशका विभिन्न सहरमा दशैंतिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आए पनि लमजुङमा भने सञ्चालनमा आउन सकेको छैन ।
नेपालको ऐतिहासिक शक्तिपिठ गोरखा दरबारमा रहेको गोरखाकाली, र गोरखानाथमा जमरा राखिएको छ ।
सेनकालीन राजाको इतिहाससँग जोडिएको बुटवलको मणिमुकुन्द सेन उद्यानमा एक वर्षमै पाँच लाख ४७ हजार पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख ४७ हजार पर्यटकले
विराटनगर महानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवामध्ये निश्चित सेवालाई सुचारु गरिएको र व्रmमशः थप सेवा सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ ।
गुल्मीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था भने शून्य छ ।
नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।
दाइन–दमाहा बखर्ने पेसा सङ्कटमा पर्न थालेको छ । परम्परागत रूपमा छालाको काम गर्दै आएका शिल्पी समुदायको पेसाको संरक्षण नहुँदा पुराना पुस्तासँगै दमाहा बखर्ने सिप लोप हुन थालेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका चर्चित पर्यटकीय स्थल कन्याम अन्तुसहितका क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ ।
सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ ।
दसैँ मनाउन विभिन्न योजना बनाइएका ३८ वटा पालिकाका कर्मचारीको दसैँ खल्लो हुने भएको छ । ती पालिकाले आफूमातहतका कर्मचारीलाई दसँैमा पनि तलब र भत्ता उपलब्ध गराउन नसक्ने भएका छन् । ती पालिकामा करिब ११ हजार चार सय कर्मचारी कार्यरत छन् ।